कोरोना संक्रमणबाट दाजुभाइको निधन, थिए कांग्रेसका महासमिति सदस्य

विराटनगर । मोरङको लेटाङमा कोरोना संक्रमणबाट चौबिस घण्टामा दाजुभाइको ज्यान गएको छ । लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा ज्यान गएको थियो । त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ तथा नेपाली कांग्रेस महासमिति सदस्य ईश्वरी कोइरालाको शुक्रबार बिहान नोवेल मेडिकल कलेजमै ज्यान गएको हो । उक्त अस्पतालमा बिहीबार राति रतुवामाई–१० की महिलाको पनि ज्यान गएको अस्तालले जनाएको छ । शुक्रबारसम्ममा मोरङमा कोरोनाबाट ज्यान जानेको सख्या...

काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको ज्यान गएको छ । निको हुनेको...

नेपालमा थप १,३८० जनामा कोरोना पुष्टि, १९ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७ सय २३ जना पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५ सय १५ जना कोरोना संक्रमणमुक्त भएका...

बाबु चित्तामा आमा अस्पतालमा, कुनोमा १० वर्षीय बालक

काठमाडौं । शुक्रबार साँझ करिव ७ बजेतिर गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्ट सहितको टोली निस्तेखोला र अँधेरी खोलाको दोभान घाटमा पुग्दा चिसोले कठ्याङ्ग्रीएका झिजा–मुढा बालेर आगो ताप्दै बसेका थिए जीप दुर्घटनाबाट शोकाकुल ईस्माको हुला गाउँका बासीन्दाहरु । उज्यालोका लागि पारि मुसिकोट नगरपालिकाको बाङ्गे तलको एउटा होटलबाट सयौं मिटर तार जोडेर बगरको ठाउँ ठाउँमा बत्ति पनि बालिरहेका थिए । कसैले कपाल खौरिएर सेतो बस्त्र पहिरिदै थिए...

हिन्दू राज्यको माग गर्दै नेपालगञ्जमा विशाल मोटरसाइकल र्‍याली

नेपालगञ्ज । हिन्दू राज्यको माग गर्दै नेपालगञ्जमा विशाल मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ । ‘राजा ल्याऔं देश बचाऔं’, ‘राजा नआए प्रजाको विनाश हुन्छ’लगायतका नारासहित हिन्दू राज्य र राज संस्था पुनस्र्थापनाका लागि नेपालगञ्जमा विशाल मोटरसाकल र्‍याली प्रदर्शन गरिएको हो । हजारौंको संख्यामा बागेश्वरी मन्दिरबाट विशाल मोटरसाइकल र्‍याली निकालिएको छ । हिन्दू राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल र्‍यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्वपट्टिको पार्कबाट न्यूरोड, पुष्पलाल चोक, सुर्खेत रोडको विरेन्द्र चोक,...