चन्द्रमाको उत्तरपूर्वी भागबाट दुईवटा अनौठा वस्तु निस्कीयो (भिडीयो सहित)

एजेन्सी । चन्द्रमामा एलियनहरूको अस्तित्व छ कि छैन भन्ने विषयमा संसार भरिका वैज्ञानिकहरू बीच अहिलेसम्म मतभेद छ । ट्विटरमा अहिले भाइरल भइरहेको एक भिडियो हेर्दा चन्द्रमामा एलियनहरू बस्छन् कि भन्ने अनुभूति हुन्छ । फिजिक्स–एस्ट्रोनोमी नामक ट्विटर ह्यान्डलबाट पोस्ट गरिएको १ मिनेटको भिडियो क्यानडाको क्युबेक शहरमा सिकारु साइन्स फोटोग्राफरले खिचेका हुन् । भिडियोमा चन्द्रमाको उत्तरपूर्वी भागबाट दुईवटा अनौठा वस्तु निस्केको देखिन्छ । ती वस्तुहरू उज्यालोबाट अँध्यारो तर्फ जाँदा तीमध्ये एकको छायाँ...

आफ्नै बहिनीसँगको प्रेम, विवाह र छोरा

एजेन्सी । केही मानिसहरुको भाग्यले पनि अचम्मको खेल खेल्ने गर्दछ । वर्षौं पहिले बिछोडिएकी आमा खोज्न निस्किएका एक श्रीमान्–श्रीमती त्यतिबेला अवाक भए जब उनीहरुलाई दुबैका आमा एउटै भएको थाहा भयो । स्पष्ट शब्दमा भन्ने हो भने श्रीमान्–श्रीमती आफ्नै दाइ बहिनी भएको रहस्योद्घाटन भयो । अंग्रेजी वेबसाइट द सनको स्तम्भ डियर डाइड्रीमा एक व्यक्तिले आफ्नो यो समस्या बयान गरेका छन् । स्मरण रहोस्, डियर डाइड्री यस्तो स्तम्भ हो जहाँ मानिसहरु आफ्नो...

छोराले आमालाई जिउँदै पुरेपछि..

एजेन्सी । आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेका छन् । उत्तरपश्चिम चीनमा भएको कहालीलाग्दो घटना हो । मा भनेर चिनाइएका ५८ वर्षीय पुरुषले आफ्नो आमाको ज्यान लिएको प्रयास गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको छ । गत मंगलबार ती व्यक्तिका पत्नीले माले आफ्नो आमालाई गाडामा हालेर लगेको र त्यसपश्चात आमा घर नफर्किएको प्रहरीलाई जानकारी दिएकी थिइन् । प्रहरीका अनुसार ती व्यक्तिले आफ्नो आमालाई पुरेको स्वीकार गरेपछि सो दिन उनको उद्धार...

गरीबी हटाउन आमाबुवाले दिए १३ वर्षकी छोरीको बलि

एजेन्सी । भारतको तमिलनाडुस्थित पुडुकोट्टई जिल्लामा मानव बलिको पीडादायी घटना भएको छ । १३ वर्षकी एक किशोरीलाई उनकै पिताले तान्त्रिकको सल्लाह बमोजिम बलि दिएर मारेका छन् । प्रहरीका अनुसार, पनीरसेलवम नामक व्यक्तिको पहिलो पत्नी इन्दिराबाट चार सन्तान र अर्की पत्नी मूकईबाट दुई सन्तान थिए । विद्या सबभन्दा कान्छी छोरी थिइन् । मे १९ मा विद्या पानी लिन गएपछि घर फर्किनन् र परिवारका मानिसले खोज्न थाले । पछि उनी घरैनजिक गम्भीर...

जब बिरालोले आफ्नो बिरामी बच्चा अस्पताल पुर्‍यायो

एजेन्सी । टर्कीको एक रोचक घटना सार्वजनिक भएको छ । बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले दिएको जानकारी अनुसार एक बिरालोले आफ्नो बिरामी बच्चा इस्तानबुलको अस्पतालमा पुर्‍याएको थियो । बिरामी मान्छेलाई उपचार गर्ने स्थानमा बिरालोले स्वास्थ्य अवस्था बिग्रिएको बच्चा बिरालो बोकेर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहरु नै अचम्मा परेका थिए । गत अप्रिल २७ मा ट्वीटमा सार्वजनिक भएको तस्बिरहरुमा बिरालोले अस्पताल भित्रै बिरालो बोकेर पुर्याएको देख्न सकिन्छ । ट्वीटरको एक क्याम्सनमा भनिएको छ,‘आज...