पाँच पाण्डवसँग विवाह गर्नुभन्दा पहिले यी पुरुषको प्रेममा थिइन् द्रौपदी

काठमाडौं । महाभारतकी द्रौपदीका बारेमा धेरै जसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ । तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो ? महाभारतको कथा बारे जानकारहरुलाई सुन्दा अचम्म लाग्दा, द्रौपती अर्जुनसँग नभइ दानवीर भनेर चिनिने...

आज नवरात्रको सातौँ दिन, कालरात्री देवीको पूजा गरिँदै

काठमाडौं । सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्री भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन् उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई...

शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै, यसरी गर्दा हुनेछ फलिफाप

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व भोलि शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँ घर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नवपत्रिकाको नामले समेत...

आज दशैंको छैटौं दिन, कात्यायनीको पूजा गरिँदै

काठमाडौं । बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनीकोे पूजाआजा गरिदैँछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ । आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा हुन लागेको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ...

द्वापर युगमा गरिएका यी भविष्यवाणी हुँदैछ सत्य सावित !

ज्यो. दुर्गा भण्डारी । आजपनि श्रीमद्भागवत महापुराणमा लेखिएका संस्कृत श्लोकले धेरै पहिलेदेखि मानिसलाई सत्य, धर्म र मोक्षको बाटोमा हिडाउन सहयोग गरेको छ । श्रीमद्भगवद् गीतामा भगवान कृष्ण र अर्जुनबीच महाभारतको युद्ध शुरु हुनै लागेको बेला ऋषि व्यासले धृतराष्ट्रलाई युद्ध हेर्ने ईच्छा भए दिव्य दृष्टि प्रदान गर्छु भन्दा धृतराष्ट्रले भन्नुभयो जन्मै देखि अन्धो भएकोले अब यो उमेरमा आएर दृष्टि मलाई चाहिन्न । यो दृश्य दृष्टि सञ्जयलाई दिनुहवस् जसले मलाई युद्धभुमीमा भएको...