आज मंगलबार किन गर्ने भगवान गणेशको पूजा ? यस्ता छन् लाभ

काठमाडौं । भगवान गणेशलाई शुभ लाभको प्रतीकका रुपमा लिने गरिन्छ । कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेशकै पूजा आराधना गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने आम विश्वास रहेको छ । धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, शान्ति र...

आजबाट मलमास सुरु, भुलेर पनि नगर्नुस् यी काम

काठमाडौं । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४: ५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १: ५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउँछन् । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन...

भोलिदेखि मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

काठमाडौँ । यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणना अनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ । महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने...

आज विश्वकर्मा दिवस, यस्तो छ पौरार्णीक कथा र महत्व

काठमाडौँ । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरसको संक्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनु पर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन्...

आज इन्दिरा एकादशी, व्रत बस्नाले हुन्छन् यस्ता लाभ

काठमाडौं । आज आश्विन कृष्ण पक्षको एकादशी अर्थात् इन्दिरा एकादशी मनाईन्छ । यसदिन पितृहरुको श्राद्ध समेत गर्ने गरिन्छ । यस दिन एकादशी व्रत बस्नेको पितृले मुक्ति पाउने विश्वास गरिन्छ । जुनसुकै एकादशीको व्रतले पनि मानिसको जगतको बन्धनबाट मुक्ति मिल्ने विश्वास छ । तर, एकमात्र यो यस्तो एकादशी हो जसमा व्रत बस्नाले दिवंगत पितृहरुले मोक्ष पाउँछन् भन्ने विश्वास छ । साथै पूरा हुन नसकेको भए पितृ ऋणबाट समेत मुक्ति पाउन सकिने...