जनै खटिरा के हो ? यसबाट कसरी बच्ने ?

काठमाडौँ । जनै खटिरा एक प्रकारको भाइरल संक्रमण हो । यसलाई पीडादायक समस्याको रूपमा लिन सकिन्छ । छालामा देखिने यो रोगमा स–साना पानीफोका जस्ता आउने खटिराहरू चिलाउनुका साथै असह्य रूपले दुख्ने गर्दछ । ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको संक्रमणले यो रोग लाग्दछ । चिकित्सकको भाषामा यसलाई हर्पिस जस्टर भनेर चिनिन्छ भने नेपालीमा जनै खटिराका नामले परिचित छ । यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने...

हरियो खुर्सानी भिजाएको पानी पिएपछि भाग्छन् यी रोगहरू

काठमाडौं । हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन् । हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । मुटुरोग, पेट दुख्ने समस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएको रिसर्चहरूले दाबी गर्ने गएका छन् । यहाँ हरियो खुर्सानीले...

नेपालमा कोरोना बढेसँगै यसो भन्छन् डब्ल्यूएचओका नेपाल प्रतिनिधि भ्याण्डेलर

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् । नेपालमा लकडाउन खुला गरेपछि पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि संक्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलर भन्छन्, ‘हामीले एक अर्काबीच कम्तीमा १ मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म...

‘सामुदायिक संक्रमण भएका ठाउँमा यसरी गरौँ कोरोना नियन्त्रण’

डा. रविन्द्र पाण्डे, काठमाडौं । पर्सा ( बीरगंज ) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ । हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो । यो क्लस्टर केसेस होइन । कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर कोरोना जांच गर्दा पनि धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । पर्साका स्वास्थ्यकर्मी, मेयर, सांसद, उद्योगका मजदुर, कैदी, ड्राई पोर्टमा मात्र होइन सहर तथा गाउँ सबैतिर कोरोना...

‘कोरोना दोस्रो चरणमा प्रवेश, आत्तिने होइन हाइ अलर्ट बसौं’

डा. रवीन्द्र पाण्डे । नेपाल कोरोना संक्रमणको अर्को फेजमा प्रवेश गरेको छ ।  लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं ।  भारतका बिहार, युपी तथा पश्चिम बङ्गालमा कोरोना संक्रमण समुदायमा फैलँदो क्रममा छ । भारतसँग नेपालको १८ सय  किलोमिटर लामो खुला सिमानाको कारण हामी जोखिममा परेका छौं । राजविराज, बिराटनगर, वीरगञ्जलगायत संक्रमित क्षेत्रमा मात्र होइन काठमाडौं लगायतका ठाउँमा भेटिएका लक्षणयुक्त संक्रमितको...