आजदेखि ५० को नयाँ नोट बजारमा, के छ खास विशेषता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ । केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने...

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, कति पुग्यो ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ७०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको हो । यसअघि सुनको मूल्य यतिधेरै कहिल्यै भएको थिएन । संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ । महासंघका अनुसार...

आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, अब कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य...

एकै दिन सात सयले बढ्यो सुन : तोलाको कति पुग्यो ?

काठमाडौं । आज आइतबार साताको पहिलो दिन सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० ले बढेको छ भने चाँदीमा प्रतितोला ५ रुपैयाले बढेको छ । आइतबार छापावाला प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रति तोला ९० हजार ६०० कारोबार भएको थियो...

सुनको मूल्य फेरी बढ्यो, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । सोमवार तोलामा ४ सयले बृद्धि भइ प्रतितोला सुनको मूल्य ९१ हजार कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार ५ सय ६५ रहेको छ । आज चाँदीको प्रतितोला मूल्य ९ सय ५० रहेको पनि महासंघले जनाएको छ...