नागरिकता विधेयकविरुद्ध सिके राउतको भैंसी जुलुस

काठमाडौं । सरकारले ल्याएको नागरिकता विधेयकको विरोध सिके राउत नेतृत्वको जनमत पार्टीले पनि गरेको छ । पार्टीका कार्यकर्ताहरुले सिरहाको औरही गाउँपालिका १ कुण्डलपुरमा विधेयकविरुद्ध भैंसी नै जुलुसमा निकालेका छन् । दर्जनौं भैंसीको जीउमा ‘नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली मुर्दावाद’, ‘महिलालाई हेप्न पाइँदैन’ जस्ता नारा लेखेर प्रदर्शन गरिएको छ । विधेयक मधेसविरोधी भएकाले विरोध स्वरुप भैंसी जुलुस निकालिएको जनाइएको छ । ओली सरकारलाई ‘भैंसी सरकार’को संज्ञा दिँदै विधेयक खारेज नगरे...

कांग्रेस र नेकपाका कार्यकर्ताबीच झपड, चल्यो गोली

सर्लाही । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको हिंसात्मक झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको हो । झडपको क्रममा चलाएको १२ बोरको बन्दुकको छर्रा लागेर केही घाइते भएका छन् । नेकपा र कांग्रेस दुवै तर्फका घाइते भएका हुन् । गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीको...

प्रदेश नं. २ मा २९ जनामा कोरोना पुष्टि, कहाँ कति थपिए ?

जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना संक्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमणको...

रौतहटमा २ जना वडा अध्यक्षसहित १४ जनामा कोरोना पुष्टि

रौतहट । रौतहटको एउटा नगरपालिकाका २ जना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतीय सिमानासंग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो । आज आएको रिपोर्टमा २ जना वडा अध्यक्ष, केही कार्यपालिका सदस्य र केही कर्मचारी गरी १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार सार्वजनिक गरेको...

प्रदेश २ मा थपिए ७४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

वीरगंज । प्रदेश २ मा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३ महिला र ७१ पुरुष छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बाराको स्रिमौनगढबाट १, रौतहटको इशनाथमा ३१, मोतीपुरमा १, गढीमाईमा २ र ठाउँ नखुलेका ६ जना गरी कूल ४० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीको विष्णु गाउँपालिकामा २, महोत्तरीको सम्सीमा २, सिरहाको जेएस मुरारकामा ६ जना संक्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार...