देउरालीमा पहिरोसँगै खस्यो जीप, चालकको गयो ज्यान

काठमाडौं । मकवानपुरको देउरालीमा पहिरोसँगै आएको ठूलो ढुंगाले जीप थिचिएर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत देउरालीमा पहिरोसँगै आएको ढुंगाले जीप थिचिएर चालकको ज्यान गएको हो । ४० वर्षीय जीप चालक युनिस आलमको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका–२ देउरालीनजिक बा १७ च ४८७४ नम्बरको जीप पहिरोले पुरेको हो । उक्त पहिरोमा परेर बा ९७ प ४८५१ नम्बर मोटरसाइकलमा सवार...

अब उपत्यकामा लकडाउन नगरिने, यस्तो छ अर्को तयारी

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी भीडभाड हुने समयमा दशैं लक्षित...

काठमाडौंका ६०० भन्दा बढी स्वास्थ्यकर्मीलाई देखियो कोरोना

काठमाडौं । कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ। मुलुकभर कोभिड–१९ को संक्रमित बढिरहेको बेला उपत्यकामा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिन थालेको हो । संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेको छ । संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । स्वास्थ्यकर्मी संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष...

ललितपुरमा चार जना कोरोना संक्रमितको निधन, को हुन् उनीहरु ?

काठमाडौं । ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको ज्यान गएको छ । ललितपुर स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको हो । पाटन अस्पतालमा ललितपुरका २ जना र सर्लाहीका १ जना तथा मेघा अस्पतालमा भक्तपुरका एक संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८...

डिभाइडरमा स्कुटर ठोक्किँदा २१ वर्षीया युवतीको गयो ज्यान

काठमाडौं । काठमाडौंको कलंकीमा शुक्रबार राति स्कुटर डिभाइडरमा ठोक्किँदा एक युवतीको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको हो । डिभाइडरमा ठोक्किँदा स्कुटर चालक मनमैजुकी २१ वर्षीया सञ्जु भुजुको ज्यान गएको हो । गम्भीर घाइते अवस्थामा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । ...