तनहुँमा बस ५ सय मिटर तल खस्यो, २० जना घाइते

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ स्थित खहरेमा बिहीबार बस खस्दा २० जना घाइते भएका छन् । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस खहरे खोलाको पुलबाट खस्दा बसमा सवार १७ जना र उक्त बसले ठक्कर दिएको मोटरसाइकलमा सवार ३ जना गरि २० जना घाइते भएका हुन् । बसले विपरीत दिशाबाट आइरहेको ना ३२ प ५२५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । खहरे खोलामाथिको पुल...

जीप खोलामा खस्यो, एक जनाको गयो ज्यान, ११ घाइते

काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप खस्दा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग १ ज ७१२७ नंको जीप मङ्गलबार साँझ खस्दा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय...

२९ वर्षीय कोरोना संक्रमित पुरुषको निधन, कस्तो थियो अवस्था ?

बागलुङ । बागलुङका २९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा ज्यान गएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राति करिब ८:५० बजे निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचार गराइरहेका थिए । निमोनिया लगायतका समस्या रहेका उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत बुधबार बागलुङमा ज्यान गएका बागलुङ नगरपालिका–२ का...

गण्डकी प्रदेशमा थप तीन संक्रमितको निधन, को हुन् उनीहरु ?

पोखरा । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृतक दुबै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गरेका छन् । यसैगरी पोखरा महानगरपालिका–९ का ६२ वर्षीया महिलाको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गए राति...

३६ वर्षीय कोरोना संक्रमित महिलाको निधन, कस्तो थियो अवस्था ?

पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । गए राति १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको ज्यान गएको हो । अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मृतक पोखरा १३ कि ३६ वर्षीय महिला हुन् । कार्तिक ५ गते कोरोना पुष्टि भएकी ती महिलामा कोभिडसंगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जनाए । अस्पतालमा उपचाररत कोभिड संक्रमणवाट ज्यान गुमाउने उनी २० औं संक्रमित...