बाँकेमा कोरोना संक्रमित पुरुषको निधन, कस्तो थियो अवस्था ?

बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक ५९ वर्षीय पुरुषको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनीका ती पुरुषको शनिबार राति ज्यान गएको हो । उनको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था असामान्य देखिएपछि भदौ २० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले उनलाई हाइड्रोअक्सिजन, सिपीएपी, प्लाज्मा थेरापी विधिबाट...

बुटवलको कोरोना अस्पतालमा थप एक पुरुषको निधन, को हुन् उनी ?

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारक्रममा थप एक पुरुषको निधन भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको निधन भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । उनी भदौ २२ गते अस्पतालमा भएका थिए । भने २२ गतेदेखी आईसियुमा राखेर उपचार गर्दागर्दै आज ज्यान गएको हो । उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ । ...

श्रीमानको संवेदनशील अंगमा हम्मर प्रहार, शव गाडेर प्रेमीसँग मस्ती

काठमाडौं । नवलपरासीको गैंडाकोट नगरपालिका–१८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४० वर्षीय मेख बहादुर सुनारी मगर रहेका छन् । २०७६ असार २० गते राति उनीहरु दुवै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको आरोप छ । १४ महिनाअघि ४० वर्षीय धनबहादुर बेपत्ता भएपछि...

बुटवलमा कोरोना संक्रमित महिलाको निधन, को हुन् उनी ?

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक जना संक्रमितको निधन भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज सोमबार बिहान ज्यान गएको हो । भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे ज्यान गएको हो । उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ...

चितवनमा कोरोना संक्रमित पुरुषको निधन, कस्तो थियो उनको अवस्था ?

काठमाडौं । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको निधन भएको छ । ज्यान जानेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११: ३० मा ज्यान गएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी...