हुम्लामा एउटै स्कुलका ३२ विद्यार्थीमा कोरोना संक्रमण

काठमाडौं । नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो । विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको उनले बताए । ‘अहिलेसम्म...

दुई पत्नीका पति वडाध्यक्षले अर्कैकी पत्नी लिएर भागे

सल्यान । बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदा हुँदै अर्कैकी पत्नी लिएर भागेका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ । ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् । ...

घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते, हेलिकप्टरबाट उद्धार

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन् । शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका–३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर सामान्य घाइते भएका हुन् । सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइते भएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष...

नेकपाका कार्यकर्ताद्वारा महिला वडा सदस्यमाथि कुटपिट

रोल्पा । बैठकमा सामान्य विवाद भएपछि रोल्पामा नेकपाका ५ जना पुरुष कार्यकर्ताले एक महिला वडा सदस्यमाथि कुटपिट गरेका छन् । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ कि नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य तेजकुमारी बिष्टमाथि आइतबार कुटपिट गरेका हुन् । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ मा अवस्थित घायनाथ मन्दिरको फिल्ड तथा कम्पाउण्ड वाल निर्माणका लागि वडा नम्बर ३ स्थित बसेको बैठकको समापन भइसके पछि विभिन्न बहाना बनाएर एकाएक नेकपाका कार्यकर्ताले आफूमाथि...

कोरोना कहरका बीच देखियो अर्को खतरा, डोटीमा भेटिए ३० विरामी

डोटी । डोटीमा ३० जना स्क्रब टाइफसका विरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा यति ठूलो संख्यामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् । जिल्ला अस्पतालका अनुसार गत साउन २० गतेदेखि यही भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा उक्त संख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका छन् । संक्रमण देखिएका बिरामीमध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसियु आवश्यक पर्ने भएकाले जिल्ला बाहिरका सुविधासम्पन्‍न अस्पतालमा थप उपचारका...