आइपीएलमा चेन्नइमाथि राजस्थानको रोमाञ्चक जित

एजेन्सी । यूएईमा चलिरहेको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी-२० क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले विजयी सुरुवात गरेको हो । सारजाहमा क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको उच्च लक्ष्य पच्छ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो । चेन्नईका फाप डु प्लेसिसीले ३७ बलमा ७२ रनको...

क्यानले तोक्यो क्रिकेट खेलाडीको तलब, कसको कति ?

चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी...

आईपीएल: बेस्ट्रोले उत्कृष्ट ब्याटिङ गरेपनि हैदराबाद बैंग्लोरसँग पराजित

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजय सुरुवात गरेको छ । दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो । खेलमा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ४ बलमा १ सय ५३ रनमै समेटियो । उसका लागि इंग्लीश खेलाडी जोनी बेयरस्टोले ६१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बैंग्लोरका युजभेन्द्र चाहलले...

आईपीएल : पञ्जाब बेइमानीका कारण दिल्लीसँग हारेको हो ?

एजेन्सी । गएरातिको खेल सुपर ओभरमा गएर दिल्लीले जित्यो । यद्यपि, सामाजिक सञ्जालमा पञ्जाबका समर्थकदेखि लिएर दिग्गज क्रिकेटरहरु पनि खेलको एउटा निर्णयलाई लिएर बेइमानी भएको दाबी गरेका छन् । उनीहरुको तर्क छ म्याचमा सुपर ओभरको आवश्यकता थिएन, पञ्जाबले निर्धारित ओभरमै खेल जितिसकेको थियो । खेलको १९ ‍औं ओभरलाई लिएर अहिले विवाद आएको हो । मयंकले यस ओभरमा २ चौका लगाउँदा खेलमा पञ्जाब पूर्णत हावी भएको देखियो । अहिले त्यही ओभरको...

टोटनह्यामसँग साउथ ह्याम्पटन पराजित, सन र केनले बनाए नयाँ इतिहास

एजेन्सी । साउथ ह्याम्पटनलाई पराजित गर्ने क्रममा टोटनह्याम हटस्पर्सका सन ह्युङ–मिन र ह्यारी केनले प्रिमियर लिगमा नयाँ इतिहास बनाउन सफल भएका छन् । जोसे मोरिन्होको टोलीले पहिलो खेलमा एभर्टनविरुद्ध बेहोरेको हारलाई भुलाउँदै दोस्रो खेलमा साउथ ह्याम्पटनमाथि ५–२ को जीत निकाल्न सफल रह्यो । जीतमा सनले शुरुवाती ४ गोल गरे भने केनले एक गोल थपे । खेलमा अग्रता भने साउथह्याम्पटनले लिएको थियो । खेलमा ३२ औँ मिनेट ड्यानी इंग्सले गोल गर्दै...