हिन्दू राज्यको माग गर्दै नेपालगञ्जमा विशाल मोटरसाइकल र्‍याली

नेपालगञ्ज । हिन्दू राज्यको माग गर्दै नेपालगञ्जमा विशाल मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ । ‘राजा ल्याऔं देश बचाऔं’, ‘राजा नआए प्रजाको विनाश हुन्छ’लगायतका नारासहित हिन्दू राज्य र राज संस्था पुनस्र्थापनाका लागि नेपालगञ्जमा विशाल मोटरसाकल र्‍याली प्रदर्शन गरिएको हो । हजारौंको संख्यामा बागेश्वरी मन्दिरबाट विशाल मोटरसाइकल र्‍याली निकालिएको छ । हिन्दू राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल र्‍यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्वपट्टिको पार्कबाट न्यूरोड, पुष्पलाल चोक, सुर्खेत रोडको विरेन्द्र चोक,...

युवाहरुद्वारा महिलामाथि सामूहिक करणी

कैलाली । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा बुधबार राति एक महिलामाथि सामूहिक करणी भएको छ । स्थानीय ३० वर्षकी महिलामाथि करणी भएको हो । मेला हेरेर फर्किएका युवाहरुले सामूहिक करणी गरेको उजुरी परेको डडेल्धुराका प्रहरीले जनाएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ३० वर्षका टेक दमाईंलाई नियन्त्रणमा लिएको छ । ...

युवतीसँग होटलमा समातिएका डिएसपी भरत

कैलाली । बेपत्ता भएका भनिएका कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका छन् । मंगलबार रातिबाट एकाएक सम्पर्कविहीन भएका डीएसपी भरतबहादुर चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलास्थित एक होटलमा युवतीसँग फेला परेका हुन् । युवतीसँग फेला परेका उनलाई अनुशासनको कारबाही गर्ने तयारी भएको स्रोतले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएका उनलाई खोज्न ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार...

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा श्रीमतीको निधन, श्रीमान् र छोरी गम्भीर

महेन्द्रनगर । गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्र्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । त्यस्तै मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता...

राजा फाल्नेहरू ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शनमा उत्रिए

धनगढी । हिन्दूराष्ट्र पुनस्थापना तथा संवैधानिक राजतन्त्रको पक्षमा कैलालीमा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेिएको छ । देशभक्त समाजले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निकालेको र्‍याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको छ । र्‍यालीमा सयौँ युवा तथा समर्थकको सहभागिता रहेको छ । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रदर्शन गरिएको आयोजकले बताएका छन् । ...