साउदीमा नेपाली युवा अलपत्र, ठेगाना तथा आफन्त बारे केही खुलेन

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपाली युवा विरामी भएर अस्पतालमा अलपत्र परेका छन् । रियादस्थित नेपाली दूतावासले मंगलबार उनको तस्वीर र नाम जारी गर्दै उनको नेपालको ठेगाना खुल्न नसकेको जनाएको छ । दूतावासले प्रकाश गुरुङ नाम गरेका नेपाली साउदीको थोडक अस्पतालमा रहेको र उनको नेपालको ठेगाना तथा आफन्त बारे केही खुल्न नसकेको जनाएको छ । दूतावासले उनको तस्वीर सार्वजनिक गर्दै उनलाई चिन्नेहरुलाई सहयोग गर्न अपीलसमेत गरेको...

मलेसियामा दाङका एक युवकको गयो ज्यान

दाङ । दाङका एक युवकको मलेसियामा ज्यान गएको छ । बबई गाउँपालिका ५ बबरपुर निवासी १९ वर्षीय दिपक खड्काको ज्यान गएको उनका आफन्त सुशील खड्काले जानकारी दिए । करिब एक वर्ष अगाडी बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका खड्का गत आइतबार मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । घाइते खड्काको मलेसियामा रहेको टुन्का जाफर सेरेम्बाङ रासा अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको उनले जानकारी...

विश्वभर कोरोनाले लियो ६५५ नेपालीको ज्यान, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ६ सय ५५ जना नेपालीको ज्यान गएको छ । आइतबारसम्म कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको थियो । शनिबारसम्म विदेशमा २ सय ४४ जना नेपालीको र आइतबारसम्म नेपालमा ४ सय ११ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । कोभिड-१९ संक्रमण देशमा थप एक जना नेपालीको निधन भएको यो साता पुष्टि...

यी हुन् कोरोनाविरुद्धको खोप लिने पहिलो भाग्यमानी नेपाली !

काठमाडौं । रुसमा रहेका एक नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका छन् । रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका हुन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा. श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लगाएका हुन् । सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो । गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक...

मलेसियामा एक नेपाली युवा किन समातिए ?

धनगढी । मलेसियामा श्रम स्वीकृति समाप्त भएर नेपाल फर्कन नपाएका एक नेपाली श्रमिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैधानिक रूपमा कार्यरत रहेको भन्दै मलेसिया प्रहरीले बझाङ घर भएका दलबहादुर बोहरालाई लियन्त्रणमा लिएको हो । उनी भदौ ५ गते कोत्ता दमन सरा शहरबाट समातिएको मलेसियामा उनीसँगै कार्यरत एक नेपालीले थाहा खबरसँग बताएका हुन् । आफूहरूलाई नेपाल फर्किन समस्या भएको भन्दै मलेसियास्थित नेपाली दूतावाससँग कुरा गर्दा कुनै वास्ता नगरेको उनले गुनासो गरेका...