• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

भारतले कहिले ल्याउला कोरोनाविरुद्वको भ्याक्सिन ?

ShareTweetSubscribe

एजेन्सी । विश्वभर कोरोना भाइरसविरुद्वको भ्याक्सिनको व्यग्र प्रतिक्षा रहेको छ । कोरोना भाइरसले मानिसहरुमा शारीरिक र मानसिक तनाव थपिदिएको छ । संक्रमणले तीव्र रुप लिइरहेको बेला कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्माण गर्ने दौडमा करिब एक सय ७० भ्याक्सिन अग्रसर देखिएको छ । तर, भारतले निर्माण गरेको ‘कोभ्याक्सिन’ केही समय भित्रै बजारमा आउने भएको देखिन्छ ।

सामान्यतया कुनै पनि भ्याक्सिन विकासमा अत्याधिक समय लाग्ने गर्दछ । तर, कोरोना भाइरसको महामारीलाई छिटो परास्त गर्न औषधी कम्पनी र वैज्ञाकिहरु निरन्तर लागि परेका छन् । भारतका कम्पनि पनि भ्याक्सिनको विकासमा सक्रिय छन् । अगामी चार देखि पाँच महिना भित्र कोरोनाको भ्याक्सिन बचारमा आउने प्रतिबद्वता भारत वायोटेकले लिएको छ ।

कोरोना भाइरसविरुद्व लड्न कोभ्याक्सिनलाई प्रभावकारी मानिएको छ । भारत बायोटेक र इन्डियन कायन्सिल अफ मेडिकल रिसर्चको संयुक्त साझेदारीमा भ्याक्सिन विकास भइरहेको छ । उक्त भ्याक्सिनले दोस्रो चरणको परिक्षण सम्पन्न गरिसकेको छ । कम्पनीले ड्रग रेगुलेटरसित तेस्रो परिक्षणको मान्यता कुरिरहेको जनाइएको छ ।

दोस्रो चरणको परिक्षण सुरक्षीत र प्रभावकारी देखिएपछि तेस्रो चरणमा परिक्षण लैजाने तयारी भइरहेको जनाइएको छ । जनावरमा गरिएको परिक्षण साकारात्मक देखिएको छ । कोभ्याक्सिनले मानिसको प्रतिरक्षा प्रणालाई थप बल पुर्याउने गर्दछ । भ्याक्सिनलाई भारतको १२ वटा अस्पतालमा रहेका १८ देखि ५५ वर्षीय स्वयं सेवकहरुमा परिक्षण गरिएको थियो ।

भ्याक्सिन पछाडिको विज्ञान
कोभ्याक्सिन निष्क्रिय भ्याक्सिनको रुपमा रहेको जनाइएको छ । अर्थात भ्याक्सिनले भाइरसको प्याथोजेनलाई निष्कृय पार्न प्रभावकारी भुमिका खेल्ने छ । भ्याक्सिनले संक्रमणलाई न्युन गर्न मद्दत पुर्याउने छ । कोभ्याक्सिनलाई अलहाईड्रोक्सीकयुम सित दिने भनिएको छ । यसले संक्रमितको शरीरमा प्रतिरक्षा प्रणालीलाई विकास गर्ने र क्षमता अविवृद्वि गर्ने जनाइएको छ ।

तेस्रो परिक्षणमा भारत वायोटेकले १८ वर्ष भन्दामाथिको स्वयः सेवकमाथि प्रयोग गरिनेछ । परिक्षणमा २८ हजार पाँच सय स्वयः सेवक भाग लिने भएका छन् । परिक्षण भारतको दस राज्यमा हुने बताइएको छ । परिक्षण सफल भएमा भारत वायोटेकले ३० करोड भ्याक्सिन निर्माण गर्ने प्रतिबद्वता लिएको छ । भारत विश्वकै सर्वाधिक भ्याक्सिन उत्पादन गर्ने देश रहेको छ । यसले कोरोना भाइरसविरुद्व लड्न निकै मद्दत पुर्याउने भएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

मोडर्नाको खोपले कति समय काम गर्छ ? खुल्यो यस्तो रहस्य
भारतमा कोभिड-१९ को खोपलाई अनुमति दिइदै, नेपालमा कहिले आउला ?
तीन दिने भर्चुअल आईटी करियर कन्क्लेभ हुँदै
अक्सफोर्डले विकास गरेको कोभिड-१९ विरुद्धको खोपलाई अनुमति
पृथ्वीमा आउन सक्छन् एलियन ? वैज्ञानिकहरुको यस्तो खुलासा
आठ सय वर्षपछिको दुर्लभ घटना: शनि र वृहस्पति ग्रह नजिक हुँदै
रगतको आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने !
कोरोना विरुद्धको खोपले देखा पर्न सक्छ यस्ता साइड इफेक्ट

धेरै पढिएको

  • माघ १३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
  • माघ १२ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • चुनौतीसामु ह्वाटमोर र क्यानको तीन सर्त
  • अस्ट्रेलियालाई पराजित गरेकोमा चौतर्फी प्रशंसा, रहानेलाई टेस्ट टिमको कप्तान !
  • पिएम कपको सेमिफाइनल समीकरण पुरा, को को भिड्नेछन् ?

ताजा अपडेट

  • ‘जुन समूहले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’
  • भारतले दिएको कोभिसिल्ड खोप लगाएपछि देखिन्छ ‘साइड इफेक्ट’
  • ज्यान दिनुअघि नायिकाले भनेकी थिइन्, ‘म मर्न चाहन्छु’
  • नेकपाको विभाजन यसकारण देखिएन विधानसम्मत
  • प्रधानमन्त्री ओली किन एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गर्न गए ?
  • अस्ट्रेलियालाई पराजित गरेकोमा चौतर्फी प्रशंसा, रहानेलाई टेस्ट टिमको कप्तान !

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal