• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

नासालाई ठूलो सफलता, अन्तरिक्षमा सफल होला मानव वस्ती ?

ShareTweetSubscribe

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया) ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो ।

सोफियाले चन्द्रमाको ‘क्लेभियस क्रेटर’ मा पानी फेला पारेको हो । क्लेभियस क्रेटर चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित छ । यसलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको यो खोज सम्बन्धीको अनुसन्धान नेचर एस्ट्रोनोमी जर्नलमा पनि प्रकाशित छ ।

भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । यहाँ भेटिएको पानी पृथ्वीको साहारा मरुभूमिमा पाइने पानीभन्दा सय गुणा कम हो । हावा नभएको क्षेत्रमा कसरी पानी सम्भव भयो भन्नेमा वैज्ञानिकहरुले पनि चासो दिएका छन् ।

यो नयाँ खोजले वैज्ञानिकहरु उत्साहित भएका छन् । नासाको सन् २०२४ को अर्टमिस मिसनलाई पनि यो खोजले सघाउ पुग्ने नासाले जनाएको छ । अर्टमिस मिसनबाट पहिलोपटक महिलालाई चन्द्रमामा पाइला टेकाइदैछ । यही मिसन अन्तर्गत अन्य ग्रहहरुको अध्ययनका लागि नासाले चन्द्रमा ‘मानव बेस’ पनि निर्माण गर्ने योजना छ ।

चन्द्रमामा पानी भेटिनुका धेरै कारणहरु हुन सक्ने नासाले जनाएको छ । यसका लागि विभिन्न ऊर्जा र अन्तरिक्षामा हुने घटनाक्रमलाई पनि कारक मानिएको छ । चन्द्रमामा खस्ने ३० देखि १ मिटरसम्मका अकाशीय पिण्ड(माइक्रो मेटोरिएट्स) का कारण पनि चन्द्रमा पानी भएको हुन सक्ने नासाले आशंका गरेको छ ।

पानीका कणहरु भएका यस्ता पिण्डहरु चन्द्रामा नै जम्मा हुँदा पानी देखिएको हुन सक्ने नासाले औंल्याएको छ । अर्को कारण सौर्य आँधीले चन्द्रमासम्म हाइड्रोजन ल्याएर त्यहाँ अक्सिन पाइने तत्त्वहरुसँग रसायनिक प्रतिक्रिया गरेर चन्द्रमाको सतहमा हाइड्रोअक्साइल निर्माण गर्छ । माइक्रो मेटोरिएट्सले हाइड्रोअक्साइललाई पानीमा परिवर्तन गरेको हुन सक्ने नासाले जनाएको छ ।

उजाड क्षेत्र पानीको भण्डारण सम्बन्धमा नासाले जमिनमा स-सना बिड जस्तो आकारमा जम्मा भएको हुन सक्ने जनाएको छ । अर्को कारण पानी चन्द्रामाको सतही माटोमा सिधा प्रकाशबाट लुकेर माटोमा भएको हुन सक्ने औंल्याइएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

मोडर्नाको खोपले कति समय काम गर्छ ? खुल्यो यस्तो रहस्य
भारतमा कोभिड-१९ को खोपलाई अनुमति दिइदै, नेपालमा कहिले आउला ?
तीन दिने भर्चुअल आईटी करियर कन्क्लेभ हुँदै
अक्सफोर्डले विकास गरेको कोभिड-१९ विरुद्धको खोपलाई अनुमति
पृथ्वीमा आउन सक्छन् एलियन ? वैज्ञानिकहरुको यस्तो खुलासा
आठ सय वर्षपछिको दुर्लभ घटना: शनि र वृहस्पति ग्रह नजिक हुँदै
रगतको आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने !
कोरोना विरुद्धको खोपले देखा पर्न सक्छ यस्ता साइड इफेक्ट

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • पर्समा झुक्किएर पनि नराख्नुस् यस्ता चिज, बनाउनेछ कंगाल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal