• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

अक्सफोर्डले बनाएको कोरोना खोप बारे आयो खुसीको खबर !

ShareTweetSubscribe

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको खोपले ७० प्रतिशत मानिसमा कोरोना भाइरसको लक्षण बन्न नदिने बताइएको छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको ठूलो संख्यामा गरिएको परीक्षणमा ७० प्रतिशत प्रभावकारी देखिएको बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

यसअघि फाइजर मोर्डनाले बनाएको खोपको प्रभावकारिता करिब ९५ प्रतिशत भएको बताइएको थियो । कोरोना भाइरसविरुद्धको प्रभावकारिता फाइजर र मोडर्नाले विकास गरिरहेको खोपको भन्दा कम भए पनि अक्सफोर्डले बनाएको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने र विश्वका जुनसुकै कुनामा पनि लैजान सकिने किसिमको भएको बीबीसीले उल्लेख गरेको छ ।

एस्ट्राजेनकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यो खोप सजिलै भण्डारण गर्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि सहज छ । यो सामान्य रेफ्रिजेरेटर (२ देखि ८ डिग्री सेल्सियस) तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।’ कम्पनीले प्रयोगको अनुमति पाएका सन् २०२१ सम्ममा ३ अर्ब डोज उत्पादन गर्ने बताएको छ ।

नियमनकारी निकायबाट प्रयोगको अनुमति पाएमा यसले कोरोना महामारी नियन्त्रणमा उल्लेख्य सहयोग पुऱ्याउने बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहरले लेखेका छन् । त्यस्तै, अक्सफोर्डको खोपको सही डोज दिन सकिएमा यसको प्रभावकारिता ९० प्रतिशतसम्म पुग्न सक्ने पनि अनुसन्धानकर्मीले बताएका छन् ।

बेलायत सरकारले अक्सफोर्डले बनाइरहेको खोपको १० करोड डोज अर्डर गरिसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले खोपको प्रभावकारिता बारे भनेका छन्, ‘अक्सफोर्डको कोरोना खोप परीक्षणमा अत्यन्तै प्रभावकारी देखिएको छ । अविश्वसनीय रुपमा यो निकै नै खुसीको खबर हो ।’

प्रधानमन्त्री जोन्सनले खोपको सुरक्षा मापदण्डबारे अझै केही प्रक्रिया बाँकी भए पनि खोपको प्रभावकारिता राम्रो देखिनु खुसीको कुरा भएको बताएका छन् । अक्सफोर्डका अनुसन्धानकर्मीहरुले १० महिना लगाएर कोरोना खोप निर्माण गरेका हुन् । अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपको परीक्षणमा बेलायत र ब्राजिलमा गरी २० हजारभन्दा बढी सहभागी भएका थिए ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
भारतमा खोप लगाएका ६ सय जनामा साइड इफेक्ट, कति गम्भीर ?
भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?
कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्यामा फेरि बन्यो नयाँ रेकर्ड
डोनाल्ड ट्रम्पकी छोरीको ह्वाइट हाउसमा बिहेको रौनक !
आज बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ, यसरी हुदैछ सत्ता हस्तान्तरण
सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प
भारतमा कोरोना खोप लगाएका ५८० बिरामी, २ जनाको गयो ज्यान

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • पर्समा झुक्किएर पनि नराख्नुस् यस्ता चिज, बनाउनेछ कंगाल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal