पारस बन्लान् त आईसीसी एसोसिएट प्लेयर अफ दी डिकेड ?
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी अवार्डका लागि मनोनयनमा परेका छन् । पारस आईसीसीको एसोसिएट राष्ट्र तर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका हुन् ।
आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ’आईसीसी पुरुष एसोसिएट प्लेयर अफ द डिकेड’ अन्तर्गत ६ जनाको अन्तिम सूचिमा पारस परेका हुन् । उनीसँगै स्कटल्यान्डका ३ जना, पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् ।
आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने आगामी डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ । पारस नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान मानिन्छन् ।
पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी समहालेका थिए । उनले राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजिनामा दिएका थिए ।
यो अवार्ड हात पार्न पारसले स्कटल्यान्डका कायल कोएट्जर, क्यालम म्याकलियोड र रिकी बेरिङ्टन, पपुआन्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेनलाई पछाडि पार्नुपर्ने छ । विजेताको टुंगो भोटिङबाट हुने आईसीसीले जानकारी दिएको छ । भोटिङ खुला भइसकेको छ ।
तपाइको प्रतिक्रिया