गम्भीर कोरोना संक्रमित बढ्दै : कहाँ कति छन् भेन्टिलेटर र आइसियुमा ?
काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ९३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४९ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा ६३ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ५२ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सुदुरपश्चिममा ६ आइसियु, गण्डकी प्रदेशमा १०२ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियु उपचाररत रहेका छन् ।
यसअघि सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए । नेपालमा २ लाख २४ हजार ७८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये २ लाख ४ हजार ८ सय ५८ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ३ सय ६१ जनाको ज्यान गइसकेको छ ।
तपाइको प्रतिक्रिया