भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?
एजेन्सी । भारतमा १ लाख ३४ हजार ५०० भन्दा बढी कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा थप ४८९ जनाको ज्यान गएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ७४३ पुगेको हो ।
पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४४ हजार २७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ४१ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक रहेको छ भने ४ लाख ४५ हजार ८५१ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया