• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

कोभिड-१९ को संक्रमण : कति जना भीआईपी प्रभावित ?

ShareTweetSubscribe

काठमाडौं । कोभिड-१९ को संक्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको संक्रमणलाई जितेका छन् ।

कोभिड-१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन् । संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड-१९ को संक्रमणको जोखिम व्यहोरिसकेका छन् ।

नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ । संक्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ ।

कोभिड-१९ का बिरामीलाई अस्पतालको श्ययामा राख्नु परेमा प्रतिव्यक्ति रु १५ हजार, सघन उपचार कक्ष (आइसीयू) मा भर्ना गर्नुपरेमा रु सात हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति रु १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ ।

तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड-१९ को संक्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप संक्रमण हुन सक्छन् भन्ने अनुमान गरी सुझ बुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री ढकालले भने, “कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो ।” रासस

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाले गुमाए ज्यान
आज प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन, प्रहरीको यस्तो निर्देशन
जो बाइडेनको नयाँ नीतिले नेपाल र नेपालीमा पार्न सक्छ यस्ता प्रभाव
नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि, ४ जनाले गुमाए ज्यान
बस दुर्घटना हुँदा दुई जनाको गयो ज्यान, १७ घाइते
न्युज २४ बाट बाहिरिए रवि लामिछाने, लेखे यस्तो स्टार्टस
नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि, ६ जनाले गुमाए ज्यान
ट्रिपरको ठक्करबाट १८ वर्षीया युवतीको गयो ज्यान

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • पर्समा झुक्किएर पनि नराख्नुस् यस्ता चिज, बनाउनेछ कंगाल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal