• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

यौनपिपासुहरूलाई फाँसी दिने कानुन बनाउन किन हिचकिचाउँछ सरकार ?

ShareTweetSubscribe

राधा पोखरेल । प्रिय बहिनी गुलाब ! पुनः एक पटक भावपूर्ण श्रद्धाञ्जली ! बलात्कारपछि तिम्रो शव हत्या गरेर बोरामा पोका पारेर फालेको अवस्थामा सोमबार राति भेटिएको थियो ।

बर्दिवास नगरपालिका–१४ का तिम्रा आमा-बा आँशुमा डुबेका छन् । तिम्रो न्यायको निम्ति तिम्रा परिवार अहोरात्र भौंतारिएका छन् । तिम्रा बा-आमा रूँदारूँदा सुकेर सिठ्ठो भइसक्नुभयो । हामी सबै तिम्रो शोकमा कान्तिहीन भएका छौं । तस्वीरहरूमा जब म तिम्रो ६ बर्षे कल्कलाउँदो शरीर देख्छु, निर्दोष अनुहारमा निश्चल मन्द मुस्कान हेर्छुस् तब म पागल हुन्छु ।

बलात्कारी हत्याराले तिम्रो स्वणिर्म सपना सधैँका लागि समाप्त गरिदियो । समाजमा एउटा भयानक सन्त्रास पनि रोपिदियो । साँच्चै गुलाब ! यो समाजमा खरपाखोको डढेलोझैँ फैलिरहेको बलात्कार, हत्या, महिला हिंसा देखेर हामी बाँचेका सबै नारीहरू सन्त्रस्त छौं ।

खास गरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिन जसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । यस्ता दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ ।

जताततै यस्ता महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । साच्चै सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन ।

नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला भएकोमा कति धेरै गर्व गरेकी थिएँ । अहिले पनि गर्व नै गरिरहेकी छु । तर, सम्माननीय राष्ट्रपतिज्यू ! बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं । यी ‘महान काम” कहिले भएको थियो महामहिमयज्यू ? रिसानी माफ होस् ।

यस्तो बेलामा हजुर पनि नारी हुनाको नाताले हामी नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्नु पर्ने होइन र ? “छाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम अझै पनि रोकिएको छैन । तेजाब आक्रमणको आतंक पनि घटेको छैन । जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका हुन्छौं ।

आजकल बैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सन्जाल र बिभिन्न सन्चार माध्यामहरूमा दिनहुँजसो आइरहन्छ । सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । अहिले पनि मुटु काँपी रहेको छ ।

तर, बिडम्बना ! देशका राष्ट्रपति, प्रधानमन्त्रीले चाहिँ महारानी र महाराज, साँच्चै आफूलाई राजा, रानी नै ठानेका हुन् कि ? मानौं देशमा केही भएको छैन । निर्मलाहरूले न्याय पाइसके । सब ठीकठाक भइसक्यो । हाय ! कति क्रुर हुँदोरहेछ मन ? आˆनै सन्तानको हत्यामा पनि नदुख्ने रहेछ मुटु । नरसाउने रहेछन् आँखा । शासक हुनु भनेको मानवता गुमाउनु हो र ? कि अझ बढी मानवतावादी हुनु हो ?

गुलाब, नेपालकी नाइटिंगेल हुन सक्थिन् । मदर टेरेसा बन्न सक्थिन् । विश्वविख्यात भिञ्ची हुन सक्थिन्, पिकासो बन्न सक्थिन् । सरकार ! गुलाब अर्थात् नानीहरू देशका भविश्य हुन् । भविश्यको सुन्दर संसार श्रृष्टि गर्ने सर्जक हुन् । उनीहरूको सुरक्षा गर सरकार । उनीहरू बलात्कृत हुनबाट बचाऊ । उनीहरू अपहरण हुनबाट बचाउ । उनीहरू मारिनबाट रोक । उनीहरूमाथि एसिड आक्रमण हुन नदेऊ । सरकार ! नारी हिंसा हद भयो । नारी हिंसा रोक ।

प्रधानमन्त्रीज्यू ! यो न्याय र अन्यायको लडाईं हो । निर्मला एउटी पात्र हुन् । समाजमा अन्यायमा पिल्सिरहेका हजारौं- लाखौं निर्मलाहरू छन् । उनीहरूले राज्यबाट न्याय पाउनैपर्छ ।

तपाईंले दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुँदैन । देशमा शान्ति सुरक्षा आउँदैन । कृपया, अहिले रेल र पानीजहाजको कुरा छाडिदिनुस् । घरघरमा ग्यास पाइपको कुरा पनि बन्द गर्नुस् । सबभन्दा पहिला कम्तिमा ढुक्कसँग बाँच्न त दिनुस् । त्यसपछि बाँकी कुरा गर्दै गरौंला ।

हरेक दिन एकपछी अर्का यस्ता खालका घटना आइरहदा देशकै बेइज्जत भएको छ । अब राज्य गम्भीर बन्ने बेला भएको छ वलात्कार बिरुद्ध सम्बन्धित सबै निकाए कठोर बनेर कडा कदम चाल्नु आवश्यक छ। धर्म, संस्कृति र परम्पराको नाममा इतिहासदेखि वर्तमानसम्म हजारौं होइन, लाखौं नेपाली चेलीहरूले ज्यान गुमाइसकेका छन् । अनि राज्य र शासकहरू यहि समाजको पक्षमा वकालत गरिरहेका छन् ।

दुधे बालिका देखि वृद्धालाई सम्म नछाड्ने यौनपिपासुहरूलाई फाँसी दिने कानुन बनाएर नारीहरूको रक्षा गर्न किन हिचकिचाउँछ सरकार ? हाम्रो देशको कानुन कार्यान्वयन गर्ने र नियमन गर्ने निकाय यति कमजोर छ कि अपराधीहरू सजिलै छुट्न सक्छन् । यस्ता घटनाहरू बारम्बार दोहोरिँदै आएका छन् । यो त हदैसम्मको अत्याचार भयो । म सरकारसँग जोडदार माँग गर्दछु । जनताको धैर्यताको बाँध फुट्नु अगावै शीघ्र अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्बाही होस् । म यसै लेखमार्फत सरकारलाई खबरदारी गर्न चाहान्छु ।

अन्तमा नागरिकहरू सधैँ निम्छरो बनिरहँदैनन् अब । न्याय पाउनु पर्छ । राज्यले नागरिकलाई न्याय दिनैपर्छ । हाम्रो सुरक्षा र न्यायको निम्ति हामी घर बाहिर निस्किसकेका छौं । हामी मैदानमा छौं ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

दुखको भूमरीमा विदा हुँदै सन् २०२०, नयाँ वर्षसँगै फर्किएला त खुशी ?
के हामी जनता मदारीले नचाउने बाँदर हौं ?
पसिनाको कमाइले हात मुख जोड्दै गरेका उखु किसानले न्याय पाउँनु पर्छ कि पर्दैन ?
खासमा विवाह के हो ?
‘भुटानले कोरोना महामारी नियन्त्रणमा यसरी पायो सफलता’
‘सर्वाङ्ग नांगिन पाउनु कसैको स्वतन्त्रता होइन, नाङ्गो शरीरमा कुनै सौन्दर्य रहँदैन’
तपाईँहरु जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा, जनताले बाँच्न पाउनु पर्छ कि पर्दैन ?
फाँसी दिने कानुन बनाएर नारीहरूको रक्षा गर्न किन हिचकिचाउँछ सरकार ?

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • पर्समा झुक्किएर पनि नराख्नुस् यस्ता चिज, बनाउनेछ कंगाल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal