• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

भीमेश्वरको शीलामा पसिना आएपछि राष्ट्रपतिलाई महाप्रसाद पठाइयो

ShareTweetSubscribe

दोलखा । दोलखाको प्रशिद्ध भीमेश्वरको शीलामा पसिना आएको छ । मंगलबार पौने २ बजेदेखि ३ बजेर ५४ मिनेटसम्म पटकपटक पसिना आएपछि मन्दिरका पूजारी तथा गुठियारहरुले पूजा गरेका छन् ।

पूजा गर्दा भीमेश्वरको शीलामा आएको पसिना कपासले पुछेर पूजाको प्रसादसहित राष्ट्रप्रमुखलाई पठाउने परम्परा अनुसार महाप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गर्दै भीमेश्वरको शीलामा पसिना आएर पूजा सुरु भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुख मन्दिरमा पुगेर पूजाआजा गरी महाप्रसाद राष्ट्रपति कहाँ पठाउने व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।

भीमेश्वरको शीलामा पसिना आएपछि क्षमा पूजा गर्ने परम्परा अनुसार महाप्रसाद राष्ट्रपतिकहाँ पठाइएको हो । राष्ट्रप्रमुखले शीलामा पसिना आएको सूचना पाएपछि क्षमा पूजा गर्ने परम्परा छ । त्यस्तै गृहमन्त्रालयले पनि क्षमा पूजा गर्ने परम्परा रहेको छ ।

शीलामा पसिना आएपछि लघुरुद्री गरिने र सरकारका तर्फबाट जोर बोका तथा स्थानीयको तर्फबाट जोरबोका गरी ४ वटा बोकाको बलिपूजा गरिने प्रचलन रहेको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित भेटिए ?
नेपालका यी जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित
आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?
काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शून्य

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • पर्समा झुक्किएर पनि नराख्नुस् यस्ता चिज, बनाउनेछ कंगाल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal