पूर्व युवराज पारस शाह अस्वस्थ, कस्तो छ अवस्था ?
काठमाडौं । चितवनमा रहेको पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । नारायणगढ स्थित एक होटलमा बसेका शाहमा बुधबार साँझ स्वास्थ्यमा समस्या देखिएको हो ।
पारस निकट स्रोतका अनुसार उनको उपचारका लागि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम राज रेग्मीसहितको चिकित्सकको टोलीले होटलमै पुगेको छ ।
शाहको मुटुको गति बढेको र प्रेसर पनि अलि बढेको पाइएको अरु समस्या खासै नदेखिएको रेग्मीले जानकारी दिए । अहिले पारसले आराम गरिरहेको र थप समस्या देखिए अस्पतालमै लगेर उपचार गरिन रेग्मीले जानकारी दिए । शाह मंगलबार चितवन पुगेका थिए ।
तपाइको प्रतिक्रिया