नेपालमा थप १,७०३ जनामा कोरोना पुष्टि, २३ जनाले गुमाए ज्यान
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।
आज देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
अहिलेसम्म १ हजार ४ सय ३५ जना संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ ।
तपाइको प्रतिक्रिया