• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

१० डलरमा उपलब्ध हुने कोभिड-१९ विरुद्धको खोप भारतमा उत्पादन हुने

ShareTweetSubscribe

एजेन्सी । कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले एक विज्ञप्ती प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को शुरुदेखि नै प्रारम्भ हुनेछ ।

यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोपहरु ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् ।

रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति डोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपहरुको तुलनामा निकै सस्तो रहेको बताइएको छ ।

रसियाले गत अगस्टमै कोरोना भाइरस विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर ठूलो स्तरको क्लिनिकल परीक्षण बेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो ।

हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रुपमा सहभागिता जनाएका छन् ।

तेस्रो चरणको परीक्षण पूर्व सोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ । भारत बाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ ।

आरडिआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
भारतमा खोप लगाएका ६ सय जनामा साइड इफेक्ट, कति गम्भीर ?
भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?
कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्यामा फेरि बन्यो नयाँ रेकर्ड
डोनाल्ड ट्रम्पकी छोरीको ह्वाइट हाउसमा बिहेको रौनक !
आज बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ, यसरी हुदैछ सत्ता हस्तान्तरण
सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प
भारतमा कोरोना खोप लगाएका ५८० बिरामी, २ जनाको गयो ज्यान

धेरै पढिएको

  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • माघ ०९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • दिल्लीबाट रिलिज भएपछि सन्दीपले यसरी सम्झिए आईपीएल

ताजा अपडेट

  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • आज शनिबार कस्तो रहला दिनभरको मौसम ?
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
  • माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
  • आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
  • काठमाडौंमा पाँच सय बढी सक्रिय संक्रमित, चार जिल्लामा शुन्य

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal