• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

भारतमा कोरोना खोप लगाएका ५८० बिरामी, २ जनाको गयो ज्यान

ShareTweetSubscribe

एजेन्सी । भारतमा जारी कोरोनाविरुद्ध खोप लगाउने अभियान अन्तर्गत तेस्रो दिन सोमबारसम्म ३ लाख ८१ हजार जनाले खोप लगाएका छन् । खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनामा नकारात्मक असर (साइडइफेक्ट) देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जसमध्ये ७ जना अस्पताल भर्ना भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३ जना दिल्ली, दुई जना कर्नाटक तथा उत्तराखण्ड र छत्तीसगढमा एक–एक जना अस्पताल भर्ना भएका हुन् । साथै खोप लगाएका २ व्यक्तिको मृत्युसमेत भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाकाे मृत्यु भएकाे हाे ।

कर्नाटक राज्यमा खाेप अभियान सुरु भएकै दिन खोप लगाएका ४३ वर्षीय बिरामीकाे खाेप लगाउनासाथ मृत्यु भएकाे हाे भने उत्तर प्रदेशकाे मुरादाबादमा ५२ वर्षीय व्यक्तिकाे भने खाेप लगाएकाे भाेलिपल्ट मृत्यु भएकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । उनले पनि शनिबार नै खाेप लगाएका थिए ।

पछिल्लाे व्यक्तिकाे पाेस्टमार्टम रिपाेर्ट आइसके पनि पहिलाे व्यक्तिकाे रिपाेर्ट आउन बाँकी छ । रिपाेर्ट आएका व्यक्तिकाे मृत्यु खाेपका कारण नभई हृदयाघात र फाेक्साेमा समस्याका कारण भएकाे भारतीय मन्त्रालयकाे दाबी छ । अर्का व्यक्तिकाे मृत्युकाे कारण भने पाेस्टमार्टम रिपाेर्ट आएपछि मात्र थाहा हुने मन्त्रालयले जनाएकाे छ ।

भारत सरकारले गत शनिबारदेखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । जुन अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

कोभिड-१९ विरुद्धको खोप बनिरहँदा डब्लूएचओले दियो चेतावनी
भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?
क्यालिफोर्नियामा भेटियो कोरोनाको नयाँ स्वरुप, छ झन् घातक
आठ कक्षासम्मका विद्यार्थीलाई परीक्षा नलिइ पास गरिने
एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोप स्वीकृत
कोभ्याक्स कार्यक्रम बारे बोले डब्ल्यूएचओ प्रमुख, दिए यस्तो सन्देश
दाइजोका लागि बुहारीको जिब्रो काटिदिए र केरोसीन छर्केर जिउँदै जलाए
उडिरहेको जहाजको इन्जिनमा आगो लागेपछि..

धेरै पढिएको

  • फागुन १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
  • तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
  • माधव नेपालले भने, ‘ओलीसँग फेरि सहकार्य हुन सक्छ’

ताजा अपडेट

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, कति संक्रमित थपिए ?
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • आलमको मुद्दा अदालती प्रक्रियामा, देउवाको छुटाउने योजना
  • भारत खुसी हुने अभिव्यक्ति बारे यसो भन्छन् प्रचण्ड
  • अब त्रिविका हरेक परीक्षा सीसी क्यामेराको निगरानीमा हुने
  • सभापति देउवा भन्छन्, ‘प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ’

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal