भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?
एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५२ जनाको ज्यान गएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ९०६ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ११ हजार ७१९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ६५ हजार १६३ जना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया