• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

भारतमा खोप लगाएका ६ सय जनामा साइड इफेक्ट, कति गम्भीर ?

ShareTweetSubscribe

एजेन्सी । १६ जनवरीमा खोप लगाउने काम सुरु भएयता भारतमा झन्डै ६ सय जनामा साइड इफेक्ट देखिएको छ । केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन् । यद्यपि, पोस्टमार्टम रिपोर्टले खोपकै कारण उनीहरुको मृत्यु नभएको देखाएको छ ।

यस बारे प्रतिक्रिया दिँदै भारतमा स्वास्थमन्त्री डाक्टर हर्षवर्धनले खोप पुरै सुरक्षित र प्रभावकारी रहेको बताएका छन् । उनले साइड इफेक्ट देखिनु सामान्य रहेको प्रतिक्रिया दिएका छन् । कुनै पनि खोपमा साइड इफेक्ट देखिने उनले बताए ।

उनले भने, ‘यो दूग्र्भायपूर्ण छ कि केही मानिसहरु राजनीतिक फाइदाका लागि खोपबारे गलत कुरा फैलाइरहेका छन् । जसकारण, केही मानिसहरु खोप लगाउन डराइरहेका छन् । सरकार यो चाहदैंन कि खोपपछि कसैमाथि गलत प्रभाव परोस् । सबैलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो ।’

२० राज्यमा खोप लगाइयो
भारतमा अहिलेसम्म ७ लाख ८६ हजार स्वास्थकर्मीले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् । खोप कार्यक्रमको पाँचौ दिन बुधबार साँझ ६ बजेसम्म २० राज्य र केन्द्रशासित प्रदेशमा १ लाख १२ हजार ७ जनाले खोप लगाए । स्वास्थ मन्त्रालयका अनुसार पाँचौ दिन (२० जनवरी) मा साइड इफेक्टका कुल ८२ घटना देखिए ।

दिल्लीमा ४, कर्नाटकमा २, उत्तराखण्ड, छत्तिसगढ, राजस्थान र पश्चिम बंगालमा एक–एकजनालाई अस्पताल भर्ना गर्नुपर्यो । दिल्लीमा एकजनाको उपचार हुँदैछ भने बाँकी तीन जना डिस्चार्ज भइसकेका छन् । कर्नाटकमा पनि दुईमध्ये एकजना डिस्चार्ज भइरहेका छन् । बंगालमा एक व्यक्तिको उपचार हुँदैछ ।

‘खोपका कारण कसैको मृत्यु भएको छैन’
खोपका कारण मृत्यु भएको रिपोर्टबारे स्वास्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ । मन्त्रालयका अनुसार उत्तर प्रदेश र तेलंगानामा १–१ र कर्नाटकमा दुईजनाको मृत्यु भएको खबर बाहिर आएको छ ।

यूपी–कर्नाटकमा मरेकाहरुको पोस्टमार्टम रिपोर्टले स्पष्ट गरेको छ कि मृत्युको कारण खोप नभएर अन्य समस्या हो । त्यस्तै,तेलंगानामा मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?
क्यालिफोर्नियामा भेटियो कोरोनाको नयाँ स्वरुप, छ झन् घातक
आठ कक्षासम्मका विद्यार्थीलाई परीक्षा नलिइ पास गरिने
एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोप स्वीकृत
कोभ्याक्स कार्यक्रम बारे बोले डब्ल्यूएचओ प्रमुख, दिए यस्तो सन्देश
दाइजोका लागि बुहारीको जिब्रो काटिदिए र केरोसीन छर्केर जिउँदै जलाए
उडिरहेको जहाजको इन्जिनमा आगो लागेपछि..
कोरोना विरुद्धको फाइजरको खोप बारे खुल्यो नयाँ रहस्य

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • फागुन १८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
  • प्रहरीले हेलिकोप्टरबाट मोडलको नाङ्गो भिडियो खिचेपछि..
  • जब पत्रकारले प्रधानमन्त्रीलाई संकटकाल लगाउनु हुन्छ भनेपछि..
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !

ताजा अपडेट

  • फागुन १८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
  • कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कारण
  • ‘नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’
  • नेपालमा थप ७३ जनामा कोरोना पुष्टि, ३ जनाको गयो ज्यान
  • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
  • ‘राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लाञ्छना किन लगाइन्छ ?’

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal