• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

कोरोना भाइरस बारे शोधकर्ताको नयाँ र खतरनाक खुलासा

ShareTweetSubscribe

एजेन्सी । कोरोना भाइरसबाट हुने मृत्युको विषयमा नयाँ र खतरनाक खुलासा भएको छ । कोरोना भाइरसबाट संक्रमित भइसकेका बिरामीहरुको हृदयाघातबाट ज्यान जाने खतरा धेरै हुन्छ । यो खुलासा स्वेडेनका वैज्ञानिकहरुले गरेका हुन् ।

शोधका अनुसार कोरोना संक्रमित भइसकेपछि हृदयाघातबाट ज्यान जाने खतरा महिलाहरुमा बढी हुन्छ । शोधकर्ताहरुका अनुसार कोरोना संक्रमित महिलाहरुलाई हृदयाघात भएको अवस्थामा उनीहरुको ज्यान जाने जोखिम ९ गुणा बढी भएको पाइएको छ ।

युरोपियन हर्ट जर्नलमा प्रकाशित शोधपत्रका अनुसार यो शोधमा १ हजार ९ सय ४६ कोरोना बिरामीको जाँच गरिएको थियो जसलाई कोरोना निको भएपछि अस्पताल बाहिर हृदयाघात भएको थियो । यस्तै अस्पतालमा रहँदा कोरोना संक्रमित भएका १ हजार ८० बिरामीहरुको पनि अध्ययन गरिएको थियो ।

यो अध्ययन गत वर्षको १ जनवरीदेखि जुलाइसम्मको हो । स्वेडेनको युनिभर्सिटी अफ गोथेनबर्गका अनुसार यो अध्ययन त्यो समयमा गरिएको थियो जतिबेला कोरोना भाइरस पीक अवस्थामा थियो ।

अध्ययनका अनुसार जुन बिरामी कोरोना निको भएर अस्पतालबाट घर गएका थिए उनीहरुको हृदयाघातबाट ज्यान जाने संख्यामा ३/४ गुणा वृद्धि भयो । अर्कोतर्फ अस्पतालमा भर्ना भएका संक्रमितहरुको हृदयाघातबाट मृत्यु हुने संख्यामा २/३ गुणा वृद्धि भयो ।

विश्वविद्यालयका पीएचडी स्कलर र यो अध्ययन टिमका सदस्य पेद्रम सुल्तानियनका अनुसार अध्ययनले कोरोना संक्रमण र हृदयाघात घातक भएको प्रस्ट देखाउँछ ।

जब शोधकर्ताहरुले महामारीअघिका मुटु सम्बन्धी बिरामीहरुको तुलना महामारीपछिका मुटुका बिरामीहरुसँग गरे, निकै आश्चर्यजनक नतिजा आए । कोरोना संक्रमित भएपछि हृदयाघातबाट ज्यान जानेको संख्यामा ३ गुणा वृद्धि भएको थियो ।

कोरोना संक्रमित पुरुषहरुको हृदयाघातबाट मृत्यु हुने संख्या ४/५ गुणा वृद्धि भएको थियो जबकि महिलाहरुको संख्या ९ गुणाले बढेको थियो ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

मंगल ग्रहमा यसरी भएको थियो अन्तरिक्ष यान ल्याण्डिङ (भिडियोसहित)
प्रहरी, एम्बुलेन्स र दमकलको नम्बर एउटै, अब कति ?
अब नेपालका ३१ जिल्लामा निःशुल्क इन्टरनेट
एप्पलद्वारा दुई नेपाली ह्याकर सम्मानित
मोडर्नाको खोपले कति समय काम गर्छ ? खुल्यो यस्तो रहस्य
भारतमा कोभिड-१९ को खोपलाई अनुमति दिइदै, नेपालमा कहिले आउला ?
तीन दिने भर्चुअल आईटी करियर कन्क्लेभ हुँदै
अक्सफोर्डले विकास गरेको कोभिड-१९ विरुद्धको खोपलाई अनुमति

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक, कुन देश कति औं स्थानमा ?
  • ईपीएलको चौथो संस्करण कहिले होला ? यसो भन्छन् निर्देशक आमिर
  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal