• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

नेपालमा रेल विस्तारका साथै यी क्षेत्रमा रुसको चासो

ShareTweetSubscribe

काठमाडौं । रुसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगको भेटमा नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ ।

मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको उनले बताए ।

उनले हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइसकेको उल्लेख गर्दै यी दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको बताए । मन्त्री नेम्वाङले रुसी पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको बताए ।

रुस र अन्य विश्वको विभिन्न मुलुकमा रेलसम्बन्धी त्यहाँको प्रविधि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुङ्गा हुने प्रतिनिधिमण्डलले बताएको थियो । जापानले पहाडी क्षेत्रमा रुसी रेलवे प्रविधि अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएको छ ।

भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्ध बारे छलफल भएको थियो । रुसी महासङ्घको सहयोगमा निर्माण भएका विगतका परियोजना कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेसन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिल लगायतका परियोजनाका विषयमा छलफल भएको थियो । रासस

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

विद्युतीय कारोबारको सीमा बढ्यो, अब दैनिक कति गर्न पाइन्छ ?
तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
सर्लाहीमा १५ करोड बढीको गोलभेँडा उत्पादन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो ?
भारतले फेरि पठायो नयाँ मूल्य, नेपालमा बढ्ला मूल्य ?
स्वास्थ्य मन्त्रालयमा भ्रष्टाचार : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद
प्रतिनिधिसभाका सांसदले ‘विघटित अवधि’को सबै तलब भत्ता पाउने
सरकारको ऋण बढ्यो, हरेक नेपालीको थाप्लोमा कति ?

धेरै पढिएको

  • फागुन १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
  • तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
  • माधव नेपालले भने, ‘ओलीसँग फेरि सहकार्य हुन सक्छ’

ताजा अपडेट

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, कति संक्रमित थपिए ?
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • आलमको मुद्दा अदालती प्रक्रियामा, देउवाको छुटाउने योजना
  • भारत खुसी हुने अभिव्यक्ति बारे यसो भन्छन् प्रचण्ड
  • अब त्रिविका हरेक परीक्षा सीसी क्यामेराको निगरानीमा हुने
  • सभापति देउवा भन्छन्, ‘प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ’

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal