सुनचाँदीको मूल्य घट्यो, कति छ आजको मूल्य ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीवार सुनको मुल्य ६ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला प्रतितोला ८८ हजार ७५० रुपैयाँमा खरीद विक्री भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो ।
यसैगरी, बिहीवार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । हिजो १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३३५ खरीद विक्री भइरहेको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया