• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

विदेशमा थप एक नेपालीको कोरोनाले लियो ज्यान, कति थपिए संक्रमित ?

ShareTweetSubscribe

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ जनाको निधन भएको छ ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात् ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएको गैरआवासीय नेपाली सङ्घ, कोभिड-१९ उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्माले जानकारी दिए ।

खोप अभियानमा सहभागी बनौँ
स्वास्थ्य विशेषज्ञले हाल प्रयोगमा आएका खोप सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोप प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् ।

हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको जनाउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोप नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् । संयुक्त अधिराज्य, क्यालिफोर्निया देश तथा एशिया र दक्षिण अफ्रिका महादेशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी सङ्क्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ । विभिन्न दीर्घ रोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ ।

तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकालाई खोप नलगाउन भनिएको छ यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
मलेसियामा समस्यामा पर्नुभयो ? यसरी पाउनुस् समस्याको समाधान
श्रीलंकाका जेलमा २६ नेपाली महिला : कसरी पुगे ?
अमेरिकामा सुतेकै अवस्थामा मृत भेटिए नेपाली विद्यार्थी
उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, ज्यान गुमाउने नेपाली को को हुन् ?
विदेशमा थप २ जना नेपालीको गयो ज्यान, कति भए संक्रमित ?
हिमनदी फुट्दा ज्यान गुमाउने मध्ये १० नेपालीको पहिचान खुल्यो, को हुन् उनीहरु ?
हिमनदी फुटेलगत्तै आएको बाढीमा तीन नेपाली बेपत्ता, को हुन् उनीहरु ?

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक, कुन देश कति औं स्थानमा ?
  • ईपीएलको चौथो संस्करण कहिले होला ? यसो भन्छन् निर्देशक आमिर
  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal