• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

उडिरहेको जहाजको इन्जिनमा आगो लागेपछि..

ShareTweetSubscribe

एजेन्सी । उडिरहेको एउटा जहाजको इन्जिनमा आगो लागेपछि अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ७७७ मोडलका जहाज अमेरिका र जापानमा ग्राउन्डेड भएका छन् । अमेरिकाको संघीय उड्ययन प्राधिकरणले निर्देशिका जारी गर्दै बोइङ ७७७ जहाजको उडानअघि थप सुपरीवेक्षण गर्नुपर्ने बताएको छ ।

शनिबार डेनभरमा एउटा जहाजको इन्जिन फेल भएको युनाइटेड एयरलाइन्सले आफूसँग भएका २४ वटा बोइङ ७७७ जहाज तत्कालका लागि ग्राउन्डेड गरेको जनाएको छ । डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयरलाइन्सको बोइङ ७७७-२०० जहाजको एउटा इन्जिनमा शनिबार आगो लागेको थियो ।

जहाजबाट टुक्राहरू खसे पनि पाइलटले नआत्तिकन उक्त जहाजलाई ल्यान्ड गराएका थिए । अमेरिकासँगै जापानमा पनि बोइङ ७७७ जहाज ग्राउन्डेड भएका छन् । जापानको उड्ययन नियामकले जापान एयरलाइन्स र निम्पोन एयरलाइन्सलाई ती जहाज नउडाउन भनेको छ । दुबै कम्पनीसँग ३२ वटा बोइङ ७७७ जहाज छन् ।

जापानको पारवहन मन्त्रालयले गत डिसेम्बर ४ मा नाहाबाट टोकियो गइरहेको यही मोडलको जहाज इन्जिनमा समस्या आएपछि फर्किएको बताएको छ । जहाज निर्माता कम्पनी बोइङले आफ्ना प्राविधिकहरूले अमेरिकाको राष्ट्रिय पारवहन सुरक्षा बोर्डको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । डेनभर घटनाले बोइङको व्यापारमा फेरि धक्का लाग्ने भएको छ ।

यसअघि उक्त कम्पनीका बोइङ ७३७ म्याक्स जहाज लगातार दुइटा दुर्घटनामा परेपछि संसारभरि ग्राउन्डेड भएका थिए । अहिले युरोप र अमेरिकाका नियामकबाट उक्त मोडलका जहाज फेरि उडाउने अनुमति पाउन लागेको बोइङलाई ७७७ मोडलका जहाज ग्राउन्डेड हुन थालेपछि नयाँ चुनौती थपिएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?
क्यालिफोर्नियामा भेटियो कोरोनाको नयाँ स्वरुप, छ झन् घातक
आठ कक्षासम्मका विद्यार्थीलाई परीक्षा नलिइ पास गरिने
एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोप स्वीकृत
कोभ्याक्स कार्यक्रम बारे बोले डब्ल्यूएचओ प्रमुख, दिए यस्तो सन्देश
दाइजोका लागि बुहारीको जिब्रो काटिदिए र केरोसीन छर्केर जिउँदै जलाए
कोरोना विरुद्धको फाइजरको खोप बारे खुल्यो नयाँ रहस्य
मान्छेमा पहिलो पटक भेटियो बर्डफ्लु

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक, कुन देश कति औं स्थानमा ?
  • ईपीएलको चौथो संस्करण कहिले होला ? यसो भन्छन् निर्देशक आमिर
  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal