• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

दाइजोका लागि बुहारीको जिब्रो काटिदिए र केरोसीन छर्केर जिउँदै जलाए

ShareTweetSubscribe

एजेन्सी । दाइजोका कारण नेपालमा मात्रै होइन भारतमा पनि महिलाहरु हिंसाको शिकार भएका छन् । भारतको विहारमा दाइजोका कारण महिलालाई जलाएर मारिएको छ । प्रहरीले घटना बारे थाहा पाउने भन्दै प्रमाण नष्ट गर्न परिवारका सदस्यले घरभन्दा पर नहर किनारमा लगेर शव गाडेका छन् ।

परिवारले पहिला विवाह गरेर ल्याएकी नयाँ दुलहीको जिब्रो काटिदिए र केरोसीन छ्यापेर जिउँदै जलाएका छन् । जब तड्पी तड्पी जलेर महिलाको मृत्यु भयो परिवारले उनको शवलाई गाडेर घरबाट फरार भएका छन् । यो दर्दनाक घटना बगाहा पुलिस जिल्लाको चौतारावा थाना क्षेत्रको पहाडी मझोवा गाउँको हो ।

भर्खरै विवाह भएकी महिलालाई घरका मानिसहरुले विवाह भएको पहिलो महीनामै दाइजोका लागि यातना दिएका थिए । जब विवाहित महिलाका बाबुआमाले दाइजो मागेको जति दिन सकेनन् घर पट्टिकाले महिलालाई आइतबार राति मारिदिएका छन् । मृतककी आमा सजुरुण नेसाले ७ जनाको नाममा चौतारावा प्रहरी चौकीमा उजूरी दिएका छिन् ।

मृतककी आमाले दिएको उजूरीमा करिब तीन वर्ष अघि उनकी छोरी नूरी खातूनको विवाह चौतरवा थापाको पहाडी मेढोवा निवासी अफिसर मियांका छोरा शकुर मियांसँग भएको थियो । दाइजोका रुपमा सजुरुणले छोरीलाई मोटरसाइकल, फर्निचर, गहनालगायत एक लाख रुपैयाँ नगद दिएकी थिइन् ।

विवाह भएको केही महिना पछि घरका मानिसले व्यवसाय गर्ने भन्दै ५ लाख रुपैयाको दाइजो मागेका थिए । माइतीले दाइजो नदिएपछि नूरमाथि निरन्तरको हिंसा भयो । पछिल्लो रात छोरी गायव भएको खबर छोरीका घरपट्टिकाले दिएपछि सोधखोज गर्दा परिवारले मिलेर छोरीलाई जलाएर मारेर शवलाई गाडिएको सजुरुणले थाहा पाइन् ।

नूरीका डेढ वर्षका छोरा पनि छन् । घटनाबारे थाहा नदिन बच्चालाई नूरीको माइती पठाइदिएका थिए । यसैबीच, मृतकका परिवारले आफ्नी छोरीको हत्यारालाई सजाय दिन प्रहरी प्रशासनसँग न्याय माग गरेका छन् । प्रहरीले हत्याराको खोजी गरिरहेको जनाएको छ । हत्यारा अहिलेसम्म फरार छन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?
क्यालिफोर्नियामा भेटियो कोरोनाको नयाँ स्वरुप, छ झन् घातक
आठ कक्षासम्मका विद्यार्थीलाई परीक्षा नलिइ पास गरिने
एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोप स्वीकृत
कोभ्याक्स कार्यक्रम बारे बोले डब्ल्यूएचओ प्रमुख, दिए यस्तो सन्देश
उडिरहेको जहाजको इन्जिनमा आगो लागेपछि..
कोरोना विरुद्धको फाइजरको खोप बारे खुल्यो नयाँ रहस्य
मान्छेमा पहिलो पटक भेटियो बर्डफ्लु

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • सुनिल नारायण किन परेनन् टिममा ? यसो भन्छन् छनोटकर्ता रोजर
  • योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएपछि..
  • नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक, कुन देश कति औं स्थानमा ?
  • ईपीएलको चौथो संस्करण कहिले होला ? यसो भन्छन् निर्देशक आमिर
  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal