नेपालका यी जिल्लामा छैनन् एक जना पनि संक्रिय संक्रमित
काठमाडौं । काठमाडौं जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा कोरोनाका ९ सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाँच सय बढी सक्रिय संक्रमित रहने जिल्लाको संख्या घट्दै काठमाडौंमा मात्र सीमित भएको हो । यस्तै, पाँचथर, भोजपुर, संखुवासभा, मुस्ताङ, रुकुम पश्चिम, मुगु र अछाम जिल्लामा भने शून्य संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ९० जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको मन्त्रालयले जनाएको छ । देशभर १ हजार ५२९ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको ज्यान गएको छैन । सोमबार दिउँसोसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ जना पुगेको छ । हाल ६६ जना क्वारेन्टाइनमा छन् ।
तपाइको प्रतिक्रिया