‘प्रचण्ड-माधवलाई क्षमा दिन सक्छौँ, गोकर्ण विष्टलाई सडकमा पुर्याइदिन्छौं’
काठमाडौं । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपामा ओली समूह र प्रचण्ड-माधव समूहका नेताहरुले एक अर्कालाई व्यापक गाली र आलोचना गरिरहेका छन् । यसरी गाली गर्ने र आलोचना गर्नेमा अग्रस्थानमा छन्, ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ।
पोखरेलले सामाजिक सन्जालमा होस या विभिन्न कार्यक्रममा किन नहोस्, आक्रामक रुपमा प्रचण्ड–नेपाल समूहका नेताहरुको आलोचना गरिरहेका छन् ।
यहीबीच गुल्मीमा अगुवा कार्यकर्ता भेलामा पुगेका पोखरेलले गोकर्ण विष्ट नसच्चिए उनलाई सडकमा पुर्याइदिने चेतावनी दिएका हुन् । त्यस्तै, उनले प्रचण्ड र माधव नेपालले अहिले गल्ती गरेको र उनीहरु सच्चिन खोजे आफूहरुले माफी दिने पनि बताएका छन् ।
तपाइको प्रतिक्रिया