• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

प्रधानमन्त्री ओलीले किन डाके सुरक्षा परिषद्को बैठक ?

ShareTweetSubscribe

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक राख्ने भएका छन् । उनले मंगलबार उक्त बैठक राख्न लागेका हुन् । गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइन्छ । यसलाई भने प्रधानमन्त्री ओलीले नियमित बैठक भनेका छन् ।

प्रधानसेनापती पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच सोमबार भेटवार्ता हुनु र मंगलबार प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक बोलाउने विषय आफैँमा अर्थपूर्ण छ ।

यद्यपि सोमबार भएको भेट सेनाले उपयोग गरेको जग्गा सर्वोच्च अदालतका लागि आवश्यक परेर दिने सम्बन्धि प्रक्रियाको अन्तिम टुंगो लगाउने विषयमा भनिए पनि उत्पन्न राजनीति परिदृष्यमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय विकसित हुँदै गरेको राजनीतिक घटनाक्रम र आगामी वैशाखमा हुने भनिएको निर्वाचन लगायतका विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेको बालुवाटार उच्च स्रोतले बतायो । बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति थापा सहभागी हुनेछन् ।

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । अहिले रक्षा मन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती
मन्त्री र सांसदले कहिले लगाउँछन् कोरोना विरुद्धको खोप ? यसो भन्छन् मन्त्री त्रिपाठी
रघुजी पन्तसँग रिसाइन् कोमल वली, आखिर के भनेका थिए ?
एमसीसी संसदबाट पास हुन्छ !
‘बालुवा पेलेर तेल निस्किनु, केपी ओली सुध्रिनु एउटै’
‘संसद पुन:स्थापनापछि सरकार झन् बलियो बन्यो’
प्रचण्डको अभिव्यक्तिको चौतर्फी आलोचना, आखिर के भनेका थिए ?

धेरै पढिएको

  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • फागुन १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • सन् २०२१ मा यी सात राशीको प्रेम जीवन हुनेछ सुखद

ताजा अपडेट

  • कोरोनाबाट विदेशमा थप ३ नेपालीको निधन, कहाँ कति भए संक्रमित ?
  • प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने !
  • फागुन १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड–नेपाल पक्षलाई प्रम ओलीले दिए चुनौती
  • मलेसियामा समस्यामा पर्नुभयो ? यसरी पाउनुस् समस्याको समाधान
  • मन्त्री र सांसदले कहिले लगाउँछन् कोरोना विरुद्धको खोप ? यसो भन्छन् मन्त्री त्रिपाठी

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal