नेपालमा फेरि पश्चिमी वायूको प्रभाव, आगामी तीन दिन कस्तो रहला मौसम ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा फेरि पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
फाल्गुन ११ गते (मंगलवार)
दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन १२ गते (बुधबार)
दिउँसो : प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन १३ गते (बिहीबार)
दिउँसो : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना साथै प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया