रोनाल्डोको शानदार प्रदर्शनमा युभेन्ट्सको जित, बनाए नयाँ रेकर्ड
एजेन्सी । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा साविक विजेता युभेन्टसले जित हात पारेको छ । किस्टियानो रोनाल्डाको २ गोलको सहयोगमा युभेन्टसले क्रोटोनलाई ३–० ले हराउन सफल भएको हो ।
युभेन्टसको मैदानमा भएको खेलमा रोनाल्डोले दुवै गोल पहिलो हाफमा गरेका थिए । पहिलो गोल ३८ औँ मिनेटमा र दोस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा गरेका हुन् । वेस्टन म्याक्केन्नीले खेलको ६६ औ मिनेटमा युभेन्टसका लागि तेस्रो गोल गरेका हुन् ।
जितसँगै युभेन्टसले सिरी ए मा २२ खेलमा ४५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । शीषै स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अंक छ । दोस्रो स्थानमा रहेको एसी मिलानले २३ खेलमा ४९ अंक बनाएको छ ।
आइतबार राति भएको दुई मिलानबीचको भिडन्तमा इन्टर मिलानले जित हात पारेको थियो । यस खेलमा यस सिजनको आफ्नो १७ औ र १८औ गोल गरेका रोनाल्डोले इटालियन सिरी ए मा रहेका सबै टिमविरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका छन् ।
तपाइको प्रतिक्रिया