• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

ShareTweetSubscribe

काठमाडौं । सम्भावित राजनीतिक दृश्यलाई नियाल्दै नेकपाका दुवै समूहले यतिबेला कांग्रेसको भूमिका निर्णायक हुने दुवै पक्षको ठम्याइ छ । कांग्रेसले अहिले निर्वाह गरेको भूमिकाले पनि नेकपाका दुवै पक्षलाई इन्गेज गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सभापति शेरबहादुर देउवाप्रति पूर्ण भरोसा छ ।

नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले लिँदै आएको अडानले नेतृत्वलाई ओलीतिर जान रोक्न सक्ने विश्वास छ । देउवा निर्वाचनको पक्षमा खुलेर लागेका छन् तर पौडेल, सिटौलासहितका नेताहरु प्रतिनिधिसभा पुनस्थापनाको अडानमा छन् ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि पुनः स्थापना वा निर्वाचन भन्नेमा कांग्रेसमा एउटै दृष्टिकोण छैन । जसले नेकपाका दुवै समूहलाई कांग्रेस आफूतिरै भएको अनुभूति दिइरहेको छ । कांग्रेसकै जस्तै दृश्य पछिल्लोपटक जनता समाजवादी पार्टी (जसपा) मा पनि देखिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्नेमा जसपामा एकमत छ तर अदालतले विघटनलाई सदर गरेमा निर्वाचनमा जाने कि नजाने भन्नेमा पूर्वसमाजवादी र राजपाका नेताहरुको दृष्टिकोण फरक छ । जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित उनीहरु पक्षीय नेता अदालतले विघटनलाई सदर गरे पनि ओली नेतृत्वको सरकारले गराउने चुनावमा सहभागी नहुने अडानमा छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेता भने अदालतले विघटनलाई सदर गरेमा निर्वाचनमा सहभागी हुनुपर्ने बताइरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

सरकार र विप्लवको वार्तालाई लिएर यसो भन्छन् डा. भट्टराई
आलमको मुद्दा अदालती प्रक्रियामा, देउवाको छुटाउने योजना
भारत खुसी हुने अभिव्यक्ति बारे यसो भन्छन् प्रचण्ड
सभापति देउवा भन्छन्, ‘प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ’
विशाल भट्टराईलाई प्रचण्ड-नेपालको कारबाही : भन्छन्, डेरावालले घरबेटीलाई निकाल्ने ?
प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसहित यी नेतालाई पार्टीबाट हटायो
विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि यसो भन्छन् गृहमन्त्री बादल

धेरै पढिएको

  • फागुन १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • प्रचण्ड-नेपाल पक्षको कारवाहीपछि यसो भन्छिन् शान्ता चौधरी
  • तोलाको कति पुग्यो सुन चाँदीको मूल्य ?
  • विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि यसो भन्छन् गृहमन्त्री बादल

ताजा अपडेट

  • सरकार र विप्लवको वार्तालाई लिएर यसो भन्छन् डा. भट्टराई
  • काठमाडौंका यी स्थानबाट लगाइँदैछ कोरोनाविरुद्धको खोप
  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, कति संक्रमित थपिए ?
  • फागुन २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
  • आलमको मुद्दा अदालती प्रक्रियामा, देउवाको छुटाउने योजना
  • भारत खुसी हुने अभिव्यक्ति बारे यसो भन्छन् प्रचण्ड

सम्पर्क

न्यूज वान एट नेपाल (प्रा. लि.)

काठमाडौं, नेपाल

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal