मंगल ग्रहमा यसरी भएको थियो अन्तरिक्ष यान ल्याण्डिङ (भिडियोसहित)
एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ । गत हप्ता नासाले मंगल ग्रहमा पर्सिभिअरेन्स रोभर नामक अन्तरिक्ष यान अवतरण गरेको थियो ।
नासाले मंगल ग्रहको सतहमा यान अवतरण गर्दाको अन्तिम क्षण कैद भएको भिडियो सार्वजनिक गरेको हो । अन्तरिक्ष यानलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको सतहमा राखेको थियो ।
नासाले यान अवतरण भएको पल रेकर्डिङ गर्नका लागि मात्र सात वटा क्यामेराहरु राखेको बीबीसीले जनाएको छ । भिडियोमा रोबोटका चक्काले मंगल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ ।
तपाइको प्रतिक्रिया