बढ्याे सुन चाँदीको मूल्य, ताेलाकाे कति ?
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा रु १ हजार १ सयले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले मगंलबार प्रतितोला ९० हजार १ सय रुपैँया कायम गरेको छ ।
आईतबार र सोमबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो । यस्तो तेजाबी सुन मूल्य पनि मंगलबार १ हजार १ सय रुपैँयाले नै बढेको छ । सोमबार तोलामा रु ८८ हजार ५ सय ५० मा कारोवार भएको तेजाबी सुन मंगलबार ८९ हजार ६ सय ५० निर्धारण गरिएको छ ।
चाँदीको मूल्य भने मंगलबार २५ रुपैँयाले बढेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ३५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य महासंघले १ हजार ३ सय ६० कायम गरेको छ ।
तपाइको प्रतिक्रिया