• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोप स्वीकृत

ShareTweetSubscribe

एजेन्सी । एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ । अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने सम्भावना छ ।

योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी छ । फाइजर र मोदेर्नाको खोप दुई डोज लगाउनु पर्छ । अहिले स्वीकृति पाएको जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज मात्रै लगाए पुग्छ ।

फाइजर र मोदेर्नाको भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको छ । यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्छ । जोन्सन एण्ड जोन्सनले गएको जनवरीमा मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो ।

खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको जोन्सन एण्ड जोन्सनले गरेको परीक्षणमा देखिएको थियो । औषधि उत्पादन क्षेत्रको जाइन्ट जोन्सन एण्ड जोन्सनको स्वामित्व रहेको बेल्जियमको कम्पनी ज्यानसेनले उत्पादन गरेको खोपलाई एफडिएले स्वीकृति प्रदान गर्दै यो खोप कोरोना भाइरसको संक्रमण तथा गम्भीर अवस्थाबाट रोक्न प्रभावकारी देखिएको उल्लेख गरेको हो ।

अमेरिका, दक्षिण कोरिया तथा ब्राजिलमा भएको परीक्षणमा प्रभावकारिता उस्तै देखिएको थियो । तर दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका नयाँ भेरियन्टमा भने यो खोपको प्रभावकारिता अलि कम देखिएको छ । जोन्सन एण्ड जोन्सनको खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत तथा समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको हो ।

परीक्षणमा सहभागी भएका कुनै पनि व्यक्तिको निधन भएको छैन भने खोप लिएको २८ दिनपछि कोही पनि व्यक्ति कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनु परेको छैन । यो खोपलाई स्वीकृति प्रदान गर्ने विषयमा शुक्रबार एफडिएका विज्ञहरु बैठक बस्दैछन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
शनिबार ६ म्याग्निच्यूडको भूकम्प
कोभिड अस्पतालको आईसियूमा आगलागी, तीन जनाको निधन
भारतमा एकै दिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित
बेलायतकी रानी एलेजावेथका श्रीमान् युवराज फिलिपको निधन
भारतमा संक्रमणको नयाँ रेकर्ड, एकैदिन ८०२ जनाले गुमाए ज्यान
भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, कस्तो छ अवस्था ?
आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या बारे यसो भन्छ युरोपेली नियामक निकाय

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal