• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

क्यालिफोर्नियामा भेटियो कोरोनाको नयाँ स्वरुप, छ झन् घातक

ShareTweetSubscribe

एजेन्सी । केही साता अघिदेखि अहिले बेलायत र दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ स्वरुपबाट मानिसहरु चिन्तित भइरहेका थिए । अहिले आएर अमेरिकामा पनि कोरोनाको नयाँ स्वरुप फेला परेको छ । यो स्वरुप क्यालिफोर्नियामा फेला परेको छ । यो नयाँ स्वरुपलाई सनफ्रान्सिस्कोस्थित क्यालिफोर्निया यूनिभर्सिटीका वैज्ञानिकले पत्ता लगाएका हुन् ।

नयाँ कोरोना भाइरस धेरै संक्रामक, धेरै खतरनाक र धेरै घातक हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । यसबाट संक्रमित हुने मानिस गम्भीर रुपले विरामी हुन सक्छन् । क्यालिफोर्निया यूनभर्सिटीका वैज्ञानिकले पत्ता लगाएको यो कोरोना भाइरसको नयाँ स्वरुपको नाम हो B.1.427/B.1.429 ।

अहिले यो भाइरस राज्यभरी सामान्य रुपमा फैलिरहेको छ भन्ने दावी यूनिभर्सिटीका भाइरोलजिस्टहरुको रहेको छ । उक्त स्वरुप सेक्टेम्बरमा लिइएको नमूनाहरुमा थिएन । तर, जनवरीको अन्त्यमा लिइएको नमूनामध्ये आधाबाट यो नयाँ स्वरुप फेला परेको हो ।

क्यालिफोर्निया यूनिभर्सिटीका क्लिनिकल माइक्रोबायोलोजी ल्याबका एसोसिएट निर्देशक डा. चार्ल्स चिउ भन्छन् –‘बेलायत र अफ्रिकामा फेला परेको नयाँ स्वरुप भन्दा यो फरक हुन सक्छ । बेलायत र अफ्रीकाको नयाँ स्वरुपको बाहिरी पत्रमा म्यूटेशन फेला परेको थियो । मलाई यो नयाँ स्वरुप धेरै घातक हुन्छ जस्तो लाग्छ । किनभने यो कोशिकाहरुसंग बलियोसंग टाँसिन्छ । यसकारण यो बढि संक्रामक हुन सक्छ ।’

डा. चार्ल्स चिउका अनुसार उनीहरुले स्वरुपभन्दा बढी घातक हुने प्रमाण फेला परेका छन् । यो स्वरुपले शरीरमा अक्सिजनको मात्रालाई तिब्र गतिले कम गरिरहेको छ । उनीहरुको अध्ययन समीक्षाका लागि आगामी साता सार्वजनिक गरिने छ । यद्यपि, हामीले जुन परीक्षण गर्यौं, ती सबै तथ्यहरु सही छन् ।

डा. चार्ल्सले आशंका व्यक्त गर्दै यो नयाँ स्वरुपले आगामी केही हप्ता भित्रमा आतंक मच्चाउन सक्नेछ । यद्यपि, अमेरिकामा अहिले कोरोना भाइरसको केशहरुमा कमी आइरहेको छ, धेरैभन्दा धेरै मानिसहरुले खोप लगाइरहेका छन् । तर, नयाँ स्वरुपले चिन्ता बढाउने सम्भावना छ । पब्लिक हेल्थ एक्सपर्टहरुका अनुसार नयाँ स्वरुपको संक्रमण तिब्र गतिले फैलियो भने खोप अभियानको गति कम हुनेछ ।

अहिले कोरोनाबाट बच्नका लागि अमेरिकामा जति पनि तयारी गरिएका छन्, तीनलाई तिब्र रुपले दुई गुणा बढाउनु पर्नेछ । मास्क, सामाजिक दुरी तथा भिडभाड हुने क्षेत्रबाट टाढा रहने नियमहरु कडा रुपले लागू गरिने सम्भावना छ । कोरोना भाइरसको नयाँ स्वरुपका बेलायत, दक्षिण अफ्रीका तथा ब्राजिलमा १९ सय नयाँ संक्रमित फेला परेका छन् ।

अब यो अमेरिकामा पनि देखिन थालेको छ । सेन्टर्स अफ डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का विशेषज्ञहरुका अनुसार आगामी महिनासम्म क्यालिफोर्नियामा फेला परेको यो नयाँ स्वरुप तिव्र रुपले फैलन सक्ने छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
शनिबार ६ म्याग्निच्यूडको भूकम्प
कोभिड अस्पतालको आईसियूमा आगलागी, तीन जनाको निधन
भारतमा एकै दिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित
बेलायतकी रानी एलेजावेथका श्रीमान् युवराज फिलिपको निधन
भारतमा संक्रमणको नयाँ रेकर्ड, एकैदिन ८०२ जनाले गुमाए ज्यान
भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, कस्तो छ अवस्था ?
आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या बारे यसो भन्छ युरोपेली नियामक निकाय

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal