• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

चीनले नेपाललाई दिने भ्याक्सिन कुन हो ? कतिको छ प्रभावकारी ?

ShareTweetSubscribe

काठमाडौं । कोभिड-१९ विरुद्धको लडाईमा सहयोगलाई बढाउँदै चीनले ८ लाख डोज कोभिड-१९ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने भएको छ । यसअघि फेब्रुअरी ५ मा चिनियाँ विदेश मन्त्री स्टेट काउन्सिलर वाङ यीले नेपाललाई पाँच लाख डोज भ्याक्सिन सहयोग गर्ने घोषणा गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा उनले यस्तो घोषणा गरेका थिए । आइतबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न चीन सरकारले भ्याक्सिन सहयोगलाई बृद्धि गरेको जानकारी दिएकी हुन् ।

चीनले पहिले घोषणा गरेको पाँच लाखमा तीन लाख बढाउँदै ८ लाख डोज भ्याक्सिन सहयोग उपलब्ध गराउने जानकारी गराएकी हुन् । चीनले यसअघि कोभ्याक्स अन्तर्गत विकासशील राष्ट्रका लागि एक करोड डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

नेपाल आउने भ्याक्सिन कुन हो ?
डब्लूएचओको सूचीमा रहेका १५ वटा विकास भइरहेका भ्याक्सिनमध्ये ६ वटा भ्याक्सिन चीनमा विकास भएका र अन्य चाहिँ तयार भइरहेका भ्याक्सिन हुन् । नेपालमा चीनले ८ लाख डोज सहयोगको घोषणा गरेको छ ।

नेपालमा हालसम्म दुई वटा भ्याक्सिनलाई मात्र आपतकालीन प्रयोगको अनुमति दिइएको छ । जसमध्ये अस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरी भारतको सेरम इन्स्टिच्युटमा उत्पादित कोभिसिल्ड पहिलो हो । जुन भ्याक्सिन नेपालमा २० लाख डोज आइसकेको छ । भने पहिलो चरणको खोप अभियान सम्पन्न हुने चरणमा छ ।

त्यस्तै, अर्को भ्याक्सिन चीनमा उत्पादित भेरोसेल हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधी ब्यवस्था विभागले फेब्रुअरी १६ को विभागीय निर्णयबाट भेरोसेललाई आपतकालीन प्रयोजनका लागि अनुमति दिएको हो ।

कति प्रभावकारी छ भेरोसेल ?
भेरोसेलको तेस्रो चरणको ट्रायल विभिन्न देशमा जारी छ । संयुक्त अरब इमिरेट्समा जुलाइ देखि भेरोसेलको क्लिनिकल ट्रायल सुरु भएको थियो । नेपालमा आपतकालीन प्रयोग अनुमति पाएको सिनोफार्मा अन्तर्गतको बीआईबीपीले विकास गरेको भेरोसेलको तेस्रो ट्रायलमा ८६ प्रतिशत प्रभावकारी भएको अन्तरिम विश्लेषणले देखाएको युएईको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

यो भ्याक्सिनलाई पहिलो पटक सेप्टेम्बरमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो । युएईले भ्याक्सिन एन्टिबडीलाई न्युट्रलाइज गर्ने सेरोकन्भर्जन दर ९९ प्रतिशत र कोभिड-१९ को गम्भीरतालाई रोकथाम गर्न शत प्रतिशत प्रभावकारी रहेको जनाएको छ ।

त्यतिमात्र होइन, यसको प्रयोगमा कुनै गम्भीर स्वास्थ्य सुरक्षा जोखिम नरहेको समेत जनाएको छ । युएईमा भएको क्लिनिकल ट्रायलयमा १२५ देशका ३१ हजार जना सहभागी भएका थिए । त्यस्तै, यो भ्याक्सिनको ट्रायल इजिप्ट, जोडर्न र बहराइनमा पनि जारी छ ।

मोरक्को र पेरुमा २०२० को अगस्टबाट क्लिनकल ट्रायल सुरु भएको थियो । सेप्टेम्बर १४ मा युएईले आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको थियो । नोभेम्बरमा आइपुग्दा सिनोफार्मले १० लाख चिनियाँले भ्याक्सिन लिइसकेको घोषणा गरेको थियो ।

नोभेम्बर ३ मा दुबईका शासक शेख मोहम्म विन रसिद अल मक्तोमले भ्याक्सिन लिएको घोषणा गरेका थिए । डिसेम्बर ९ मा युएईले भ्याक्सिनलाई पूर्ण अनुमति दिएको थियो । त्यस्तै डिसेम्बर १३ मा बहराइनले पनि यसलाई अनुमति प्रदान गरेको थियो ।

डिसेम्बर ३० मा सिनोफार्मले भ्याक्सिन ७९.३४ प्रतिशत प्रभावकारी रहेको घोषणा गरेको थियो भने जनवरी ३ मा इजिप्टले पनि यसको आपतकालीन प्रयोगलाई अनुमति दिएको थियो । त्यस्तै, सिनो फार्मले पनि अपेक्षा गरिएको भन्दा बढी प्रभावकारी देखिएको दाबी गरेको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

नयाँ भेरिएन्टको कोरोना देखिएसँगै डा. अनुप सुवेदीको चेतावनी
कोरोनाविरुद्ध दोस्रो डोज खोप लगाउन ढिलो भए के हुन्छ ?
खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन ? यसो भन्छन् डा. पाण्डे
भारतीय कम्पनी बायोटेकको खोपलाई नेपालमा अनुमति
शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
अक्सफर्डका खोपलाई डब्ल्यूएचओले अनुमति दिँदा नेपाललाई कस्तो फाइदा ?
खानामा समावेश गर्नुहोस् यी चीजहरू, जसले कम गर्छ क्यान्सरको जोखिम
यसो भन्छन् कोरोना खोप लगाएका जनस्वास्थ्यविद् डा. पाण्डे

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal