• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

ShareTweetSubscribe

काठमाडौं । वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धन हानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ ।

खराब भएको र टुटेफुटेको सामान घरको कुनामा राख्ने बानी हुन्छ कसै कसैको । पछि फ्याँकौंला नि भनेर कुनामा यसरी फुटेका चीज राख्दा घरमा दरिद्रता आउँछ भनी वास्तुले बताएको छ ।

यस्ता चीज राख्दा घरमा विराजमान महालक्ष्मी देवी पनि अप्रसन्न हुनुहुन्छ । यसबाट वास्तुदोष उत्पन्न भएर नकारात्मक प्रभाव पर्छ । फुटेका के के सामान नराख्ने त ?

फुटेका भाँडा
तपाईंले फुटेका गिलास र प्लेटले काम चलाइरहनुभएको छ भने वास्तुदोष निम्त्याउँदै हुनुहुन्छ । यस्ता चीजलाई घरमा राख्नै हुँदैन किनकि यिनीहरूको नराम्रो प्रभाव पर्छ । घरकी महालक्ष्मी रिसाउने कारण बन्छ यो ।

भाँचिएको खाट
घरमा सुख र शान्ति चाहनुहुन्छ भने भाँचिएको पलङ नराख्नुस् । वास्तुशास्त्र अनुसार भाँचिएको खाट घरमा राख्दा वैवाहिक जीवनमा कलह आउँछ ।

बन्द भएको घडी
बन्द भएको घडीले रोकिएको प्रगतिलाई जनाउँछ । घरमा ठूलठूला घडी राख्दा प्रगति हुन्छ अनि घडी बन्द हुनेबित्तिकै ब्याट्री फेर्नुस् वा पूरै बिग्रिएको छ भने फ्याँक्नुस् । रोकिएको घडीले घरमा कुशलमंगललाई पनि रोकिदिन्छ ।

फुटेको ऐना
वास्तुका अनुसार फुटेको ऐना वा शीशा घरमा राख्दा लगातार नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसले गर्दा परिवारका सदस्यहरूका बीच मानसिक तनाव उत्पन्न हुन्छ ।

भाँचिएको ढोका
तपाईंको घरको मूल ढोका भाँचिएको छ भने छिट्टै मर्मत गरिहाल्नुस् । भाँचिएको ढोका अत्यन्तै अशुभ हुन्छ र यसबाट संसारका सबै नकारात्मक शक्ति घरमा पस्छन् ।

फुटेको तस्वीर
फुटेको तस्वीरले वास्तुदोष उत्पन्न गर्छ । घरका सदस्यको दुर्भाग्यको यो कारण बन्न पुग्छ ।

भाँचिएको फर्निचर
घरको फर्निचर राम्रो हालतमा हुनुपर्छ । फुटेको फर्निचर राख्दा वास्तुदोष लाग्छ । यसबाट घरमा आर्थिक समस्या उत्पन्न हुन्छ । कि छिट्टै मर्मत गर्नुस्, कि फ्याँक्नुस् भाँचिएको फर्निचर ।

टुटेफुटेका वस्तु एकदिन न एकदिन त फाल्नुपर्छ नै । घरमा साँचेर राख्दा बेकारमा वास्तु बिग्रन्छ । त्यसैले भाँचिएका र टुफेटेका सामान घरबाट हटाइहाल्नुस् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

सोमबार जन्मीने व्यक्तिमा हुन्छन् यस्ता अद्भूत गुण र आनीबानी
आज ‘प्रणय दिवस’, यसरी भएको थियो सुरुवात
परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? यस्ता छन् दिमागलाई तेज बनाउने उपाय
मन परेको मान्छेलाई फकाउन चाहनुहुन्छ ? यस्ता छन् उपाय
हातको हत्केला हेरेर यसरी थाहा पाउनुहोस् आफ्नो भाग्य
कालो धागोको गर्नुहोस् मात्र यो उपाय, भइन्छ मालामाल
पुरुषको तुलनामा किन बढि बोल्छन् महिला ? यस्तो छ कारण
यी ५ गुण भएका व्यक्ति जीवनमा कहिल्यै हुँदैनन् असफल

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal