• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

आजबाट कतारमा थप कडाई, दूतावासको नेपालीलाई यस्तो आग्रह

ShareTweetSubscribe

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरलाई नियन्त्रणमा राख्न नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक कतारले आजबाट लागू हुने गरी थप नयाँ कदम चालेको छ ।

कतारले ३३ बुँदे निर्देशन जारी गर्दै सार्वजनिक पार्क, समुद्री किनारा, कर्निसलगायत सार्वजनिक स्थलहरू बन्द गरी त्यस प्रकारका स्थानहरूमा एकै परिवारका दुई जना भन्दा बढिलाई प्रवेश नदिइने जनाएको छ ।

व्यापारिक महलमा हुने क्रियाकलापलाई ३० प्रतिशत सीमित गरिएको भन्दै कतारले १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई महल तथा पार्कहरूमा जान बन्देज लगाएको छ ।

साथै यसअघि झैँ घरबाट बाहिर निस्किँदा चालु अवस्थामा रहेको ‘एथराज एप’ मोवाइलमा अपलोड गर्न पनि निर्देश दिएको छ । त्यस्तै सवारी साधनमा चालक बाहेक ३ जना भन्दा बढी यात्रुले यात्रा गर्न नपाइने निर्देशन दिँदै सवारी साधन वा पैदल बाहिर निस्किँदा मास्क अनिवार्य गरेको छ ।

कतारस्थित नेपाली दूतावासले पनि संक्रमण नियन्त्रणका लागि कतार सरकारले जारी गर्ने निर्देशनहरूको पूर्ण पालना गर्न र कोरोनाको सङ्क्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न नेपाली समुदायमा आग्रह गरेको छ ।

कतारले जारी गरको ३३ बुँदे निर्देशन उल्लंघन गरेमा दण्ड जरिवाना तिर्नुपर्ने भन्दै दूतावासले सचेत र सतर्क रही निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ ।

कतारमा रोजगारीमा रहेका नेपाली कामदारहरू बिदाका दिन एकै ठाउँ भेला भई रमाइलो गर्ने गरेका छन् । दूतावासले सकेसम्म अनावश्यक रूपमा सामाजिक भेटघाट नगर्न र घरभित्र बस्दा पनि ५ जना भन्दा बढी नबस्न आग्रह गरेको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

नेपाल फर्किने टिकट काटेका गगन कोरियामै अस्ताए
कोरोनाले विदेशमा थप ३ नेपालीको निधन, कति संक्रमित थपिए ?
अमेरिकामा कुटिए नेपाली लिफ्ट चालक सापकोटा
साउदीमा कोरोना संक्रमणबाट ८९ नेपालीले गुमाए ज्यान
रोजगारीका लागि कुवेत पुगेका नेपाली युवाको निधन
कोरियामा एक नेपालीको गयो ज्यान, को हुन् उनी ?
मलेसियामा गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय बढी समातिए
विदेशमा कोरोनाबाट थप दुई नेपालीको निधन, कति थपिए संक्रमित ?

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal