• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

२०७८ सालमा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ShareTweetSubscribe

यो वर्ष तपाईहरुको ग्रहफल कस्तो छ ? ग्रहको अशुभ फललाई कसरी शुभ बनाउन सकिन्छ ? भन्ने विषयमा हामीले चर्चा गर्दैछौँ । यो वार्षिक राशिफल ज्यो. पण्डित वैद्यराज दीपक सुवेदीले तयार पार्नुभएको हो । नयाँ वर्ष २०७८ सालमा वृष, मिथुन, कन्या, वृश्चिक, मीन राशिको भाग्यको ढोका खुल्दैछ भने केही राशिको भाग्य मिश्रित देखिएको छ । अब हेरौँ १२ राशिको वार्षिक राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
केही अभाव र संघषका बाबजुत प्रख्याति बढ्ने छ । पारिश्रमिक कार्यमा सफलता मिल्ने छ । वाणिदोषको गोचर योग भएकोले बोली व्यवहारमा भने संयम अप्नाउनु बुद्धिमानी हुनेछ । गरिएका कारोबार उल्टिन सक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नहुनु राम्रो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आफूले सक्ने सम्मको ग्रह उपचार जन्य उपाय अपनाउनाले नोकरीमा पदोन्नति प्राप्त गर्न सकिने छ । नोकरीको पर्खाईमा रहेकाले जागिर पाउन सकिने छ । कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ । राजनीति समाजसेवा आदिमा पनि आंशिक सफलता मिल्ने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अप्रत्यासित रुपमा व्यवसायिक लाभ एवं केही उपलब्धि मिल्ने छ । समय एवं अवसरको सदुपोग गरी बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । वर्षको पूर्वाधको अन्य समय अल्ली संघर्षकर एवं विपरित प्रतित् भइरहेको छ । मान्यजनलाई कष्ट तथा रोग शोक आदिको भय छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यात्रा, व्यापार, व्यवसाय आदिमा प्रगति तथा सफलता मिल्नेछ । कर्मयोगमा अल्लि बढी जोड गरेर केही अपेक्षित काम कार्यमा सफलता प्राप्त गर्न सकिने छ । नयाँ उद्यमको दिशामा पनि केही उपलब्धि हात लाग्ने छ । साविक भन्दा बढी तयारी पूरा गरेको खण्डमा रोजगारी पाउन सकिने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काम कार्य संपादन तथा जन व्यवहारमा सजग हुनु उचित हुनेछ । कैफियत कर्मतर्फ पनि चेष्टा बढ्न सक्ने र पछि पछुतो हुने छ । गुरुजनको आर्शिवाद लिएर अघि बढेको खण्डमा बढी जोड गरिएको काममा केही अवरोधका बाबजुत केही सफलता पनि प्राप्त गर्न सकिने छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
घर–परिवारमा समझदारी बढ्ने छ । सन्ताना भिलाषीलाई केही कष्टको बाबजुत सन्तान प्राप्ति हुनेछ । केही द्वन्दको बाबजुत छोराछोरीको तर्फबाट सुख एवं सन्तोष मिल्ने छ । जागिरेलाई जागिरमा पदोन्नति हुनेछ । वैदेशिक यात्राका अभिलाषीहरुलाई समय अनुकूलप्रद रहेको छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
केही पक्षमा संघर्ष एवं उथलपुथलप्रद पनि देखिएको छ । बढी आशा अपेक्षा एवं चाहना र आसक्ति गरेको काममा बढी सास्ती मिल्नेछ । पारिवारिक, छरछिमेक, समाज, सहकर्मी आदि पक्षमा ग्रहले विपरित प्रभाव गर्न खोजिरहेको हुनाले सहयोगको अपेक्षा नगर्नु सुखकर हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
गोचर–ग्रह परिषद्मा केही ग्रहसदस्यहरु विपरित रहेकाले संघर्ष गरेर आंशिक उपलब्धि प्राप्त गर्न सकिने छ । प्रतिकूल ग्रहहरुको उपचारका उपाय गर्नाले उद्यम व्यवसायमा केही उन्नति गर्न सकिने छ । व्यापार व्यवसाय तथा कृषि एवं पशुपालनबाट केही लाभ उठाउन सकिने छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सञ्चित धनको खर्च, साविकभन्दा बढी फजुल यात्रा, झुटो लाञ्छना, रोगशोकको सामनाका बाबजुत सामान्यतया पद प्रतिष्ठा बढ्ने, अध्ययन अध्यापनमा सफलता मिल्ने र व्यवसायमा प्रगति हुन गई आर्थिक उन्नति हुनेछ । अध्ययन, अध्यापन एवं लेखन आदिमा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
चोट पटक, घाउ खटिरा एवं पित्तविकार तथा ज्वरो प्रकोपको भय छ । काम कार्यहरुमा अड्चन र ढिलासुस्तिको अनुभव हुनेछ । कैफियत कार्यमा पश्चाताप हुन जाने भय छ । अपेक्षित कार्यमा अबरोध भएपनि अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धिहरु मिल्ने छन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
वर्षको शुरुमा आयको तुलनामा व्यय तथा क्षति बढाउने देखिएको छ । गोचरग्रहको परिषद्को अवस्था त्यति सकारात्मक नदेखिएको हुनाले विशेष सजगतापूर्वक जन व्यवहार गर्नु उचित हुनेछ । शत्रु बढ्ने योग परेको हुनाले कार्यक्षेत्रमा सावधानी अप्नाएर अघि बढ्नु बुद्धिमानी हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रोजगारको अभिलाषीलाई जागिर मिल्ने छ । जागिरेलाई पदोन्नतिका लागि समय अनुकूल परेको छ । व्यापार व्यवसाय तथा उद्योगधन्दामा स्तर वृद्धि हुनेछ । सामान्य कष्टका बाबजुत सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुने तथा सुख एवं सन्तोष मिल्ने समय छ । ज्यो पं. दीपक सुवेदी ज्योतिषसम्बन्धी परामर्शका लागि (सम्पर्क : ९८५११३१७४७, ९८४१२२३१२६)

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
चैत २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
चैत २६ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
चैत २५ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
चैत २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
चैत २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • मञ्चमै देउवा र पौडेलबीच ‘झम्टाझम्टी’, कार्यकर्ताबीच हाँसो
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal