• समाचार
    • राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • रोचक
    • आर्थिक
    • धार्मिक
    • टिप्स
    • प्रवास

फखर जमानको सर्वोत्कृष्ट शतक, दक्षिण अफ्रिका विजयी

ShareTweetSubscribe

एजेन्सी । ओपनर फखर जमानको सर्वोत्कृष्ट शतकका बाबजुद पाकिस्तान दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकासँग १७ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितका लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २४ रन बनायो । पाकिस्तानका ओपनर फखर जमान १ सय ५५ बलमा १८ चौका र १० छक्का सहित १ सय ९३ रनमा रन आउट भए ।

अन्तिम ओभरको पहिलो बलमा दुई रन लिने क्रममा रन आउट भएपछि जमान आफ्नो ओडिआई करिअको दोस्रो दोहोरो शतक बनाउन ७ रनले चुकेका थिए । जमानको यो ओडिआई करिअरको पाँचौं शतक हो ।

जमान बाहेक पाकिस्तानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । जमानले एक तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दा अर्को इनिङबाट भने कुनैपनि ब्याट्सम्यानको राम्रो साथ पाउन सकेनन् । त्यसैको कारण पाकिस्तान पराजित हुन पुग्यो ।

ओपनर इमाम उल हक ५, बाबर आजम ३१, मोहम्मद रिजवान शून्य, सादब खान १३ र आसिफ अली १९ रनमा आउट भए । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले १० ओभरमा १ मेडन सहित ६३ रन खर्चेर ३ विकेट लिए । फहलुकवयोले २ विकेट लिए । कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्शीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४१ रन बनाएको थियो । दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले १ सय २ बलमा ९ चौका सहित सर्वाधिक ९२ रनको योगदान दिए ।

ओपनर तथा विकेटकिपर क्विन्टन डी ककले ८६ बलमा १० चौका र १ छक्का सहित ८० रन बनाउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए । मध्यक्रममा रास्सी भान डर डुसेनले ३७ बलमा ६ चौका र ४ छक्का सहित ६० रनको योगदान दिए ।

डेविड मिलर २७ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहे । एडेन माक्ररम ३९ र हेनरिक क्लासेन ११ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए ।

फहिम अशरफ, मोहम्मद हसनैन र शाहिन अफ्रिदीले १–१ विकेट लिए । पहिलो खेलमा पाकिस्तान ३ विकेटले विजयी भएको थियो । तेस्रो ओडिआई खेल अप्रिल ७ मा हुने छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

मुम्बईमाथि बेंगलोरको रोमाञ्चक जित, पटेलले लिए ५ विकेट
नेपालका यी क्रिकेटर यूएस कप खेल्न अमेरिका जाँदै
त्रिकोणात्मक सिरिजमा नेपालको यस्तो छ खेल तालिका
आईपीएल २०२१ : यी ८ खेलाडी जो गत सिजन थिए फ्रप, हुन सक्छन् खतरनाक
त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि २० खेलाडी बोलाइयो, को को परे ?
राजस्थानका कप्तान संजु सामसनले धोनी बारे दिए यस्तो बयान
अक्सर पटेललाई कोरोना संक्रमण पुष्टि, अब के होला आईपीएल ?
कोरोना महामारीलाई मध्यनजर गर्दै आईसीसीको यस्तो निर्णय

धेरै पढिएको

  • चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • स्वास्थ्य मन्त्रालयले भन्यो, “२५ जनाभन्दा बढी भेला नहुनु, स्कुल बन्द गर्नु”
  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • सांसद हटाएकाहरु मन्त्रीमा पुनर्नियुक्ति भएपछि यसो भन्छन् रावल
  • कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

ताजा अपडेट

  • चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
  • कोभिड खोप वितरणलाई लिएर रिसाए डब्लुएचओ प्रमुख, दिए यस्तो संकेत
  • नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि, एक जनाको गयो ज्यान
  • विद्यालयमा कक्षा कसरी सञ्‍चालन गर्ने ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
  • प्रचण्डको गोप्य खुलासा, “अर्को मदन भण्डारी भेटियो भनेपछि जालझेल सुरु”
  • समयमै सचेतना अपनाऔं भन्दै लकडाउन बारे प्रम ओलीको यस्तो संकेत

सम्पर्क

अध्यक्ष तथा सम्पादक

रोशन पोखरेल

व्यवस्थापक

प्रकाश खतिवडा

टेलिफोन

९७७-९८०६८६५९८२

ई-मेल

news18nepal@gmail.com

दर्ता नम्बर

२५६०२८/०७७/०७८

हाम्रो बारेमा

समाजमा लुकेका र लुकाइएका हरेक घटनामा हाम्रो ध्यान जानेछ । हामी ताजा र खोजमूलक समाचार निस्पक्ष रुपमा निरन्तर प्रस्तुत गर्नेछौं ।

मेडिकल एडिटर

डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि

यादव देवकोटा

वेब डिजाइनर

त्रिविक्रम रेग्मी

सामाजिक सञ्जाल

News18 Nepal
Tweets by News18 Nepal
सर्वाधिकार सुरक्षित । २०७६/७७ News18 Nepal